कतार घेदुङको ल्होछार समारोह अन्तिम तयारी प्रचारप्रसारमा तीव्र।


दोहा कतार

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारद्वारा आयोजित २८५६ औं सोनाम (जिवा, नाम्यूङ ल्हो) ल्होछार समारोह तथा प्रथम वार्षिकउत्सव-२०२० बृहत् साँस्कृतिक कार्यक्रम येहि  जनवरी १७ तारिकको दिन  सनैयाको ग्रान्डमल स्थित  “एशियन टाउन, क्रीकेट स्टेडिएम हलमा कतार गभर्मेन्टको अनुमतिमा प्राप्त सुरक्षाकर्मी को सुरक्षा र सहयोगमा भब्य सभ्य, रुपमा हुने भएको छ।  साथै तयारीमा अन्तिम चरणमा पुगेकोेकोले प्रचारप्रसारमा तीव्रता दिएको संस्थाका सूचना तथा सञ्चार बिभाग प्रमुख डिबि तामाङले जानकारी गराएको छ।

प्रचार प्रसारमा अभियन्ता हरु

नेपाल बाट आमन्त्रित राष्ट्रिय चर्चित कलाकारहरु: तामाङ भाषा  तथा साहित्यिक संस्था डाजाङ का अध्यक्ष तथा तामाङ सेलो गायककार, संगीतकार  फुल कुमार बम्जन र गायककार तथा संगीतकार शुभ घलान तामाङ को साथमा कर्णप्रीय आवाजकी धनी चर्चित गायिका पुर्णिमा लामाले कार्यक्रममा बेजोड  साँस्कृतिक, कोसेली लिएर आउने भएकी छिन् । अध्यागमन को लागि इमिग्रेसनमा चाहिने आवश्यक कागजात, भिषा टीकट तयारी भैसकेको कार्यक्रम संयोजक वाङ्ज्यु लामाले बताएको छ।

‘सोनाम ल्होछारको प्रवर्द्धन ,, हाम्रो साँस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना,,
हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ 

भन्ने मुल नारालाई आत्मसात गर्दै तामाङ समुदायको मौलिक पहिचान भेष भुषा,भाषा, धर्म, लिपि, कला ,संस्कार संस्कृतिलाई जगेर्ना तथा बिश्वव्यापी रूपमा प्रबर्द्धन गर्ने उदेश्यले ल्होछार समारोह गर्न लागिरहेको र कार्यक्रम को मुख्य आकर्षक: लामा गुरुहरु द्वारा मोलम मत्र प्रवचन गर्दै पुजापाठ बाट सुभारम्भ हुने। लामा नाच तथा विभिन्न झाँकी प्रदर्सन गरिने। त्येस्तैगरी ताम्बा घेदुङ ले तामाङ हरुको संस्कार संस्कृति रितिथिती, बारेमा प्रस्टाउने गरि आफ्नो प्रस्तुति राखिने भएको छ।

चर्चित अतिथी कलाकारहरुको साथमा स्थानीय कलाकारहरु नृत्य प्रस्तुति: कोरियोग्राफर/डान्सर, बाबुलाल घिसिङ (आदम) सुन्तु तामाङ, उत्तम तामाङ, आइती तामाङ, प्रशान्त तामाङ, किरण तामाङ, जेम्स तामाङ, प्रकाश तामाङ, दावा तामाङ, मन्जु तामाङ, गोइजिन तामाङ, सबिना तामाङ, संजिता मोक्तान , प्रीय माया योञ्जन, संजिता पाख्रीन, सुरक्षा गोले, जीवन तामाङ, कल्पना तामाङ, सन्चमाया तामाङ, मिना तामाङ, मुना तामाङ गायन प्रस्तुति: नानु घले, गौतम तामाङ, प्रनिल तामाङ, अरुण योञ्जन लामा, युवराज योन्जन लामा, आशा राई, सुर्जे ब. तामाङ लगायत को बेजोड साँस्कृतिक प्रस्तुती रहने साथै तामाङ हरुको मौलिक बाजा डम्फु नाच, फापरे सेलो, तामाङ सेलो , तामाङ गित, म्हेन्दोमाया गित र नृत्य, दुवै विधामा साँस्कृतिक प्रस्तुति  संस्कृति घेदुङ कतार का अध्यक्ष तथा स्थानीय कलाकार संयोजक हिरे तामाङ ले जानकारी गराए।

आयोजक तथा संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ (तारा) ले   दोहा कतारलाई कर्मथलो बनाउँदै आइरहनु भएका सम्पुर्ण नेपालीहरुमा उक्त दिन बृहत् उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उनले थपे यस पटकको ल्होछार कार्यक्रमको व्यवस्थापन पक्षलाई पहिलो प्राथमिकतामा राखेकोले म्यानेजमेन्टमा कुनै कमि नहुने र कार्यक्रम ऎतिहासिक रहनेमा आयोजक बिश्वस्त रहेको समेत बताएको छ।

प्रतिक्रिया दिनुहोस्