युक्रेनियन हवाइजहाज इरानले खसालेको दाबी


अमेरिका

इरानबाट युक्रेनको लागी उडेको युक्रेनियन फ्लाइट ७५२ नामक जहाज दुर्घटनाको तीन दिन पछी त्यस दुर्घटनामा इरान जिम्मेबार भएका दाबी गरिएको छ । 

इरानले इराक स्थित अमेरिकी सैन्य अखडालाइ लक्षित गरेर मिसाइल हानेको केही घन्टापछी भएको हवाइ दुर्घटनाको भिडियो समेत सार्वजनिक भएको छ । अमेरिकी सन्चार माध्यम सिएनएनले बिहिबार एक भिडियो सार्वजनिक गर्दै उक्त दुर्घटना इरानले प्रहार गरेको मिसाइलबाटै भएको दाबी गरेको छ । 

उता क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि यो दुर्घटना इरानले नै गराएको दाबी गरेका छन् । क्यानाडाको इन्टेलिजेन्ट एजेन्सिको अध्ययन पश्चात प्रधानमन्त्री ट्रुडोले एक पत्रकार सम्मेलन गर्दै जहाज खसाल्न इरानले मिसाइल प्रयोग गरेको बताएका हुन । उक्त जहाजमा सबार ६३ जना क्यानिडियन नागरिक सँगै १७६ जना यात्रुको मृत्यु भएको थियो ।  

जहाज दुर्घटनापछी इरानी सरकारले जहाजको व्ल्याक बक्स चेकजाँचको लागी अमेरिकालाइ र जहाज निर्माता कम्पनी बोइङलाइ दिन इन्कार गरे सँगै इरानी सरकार माथी शंका गर्न थालिएका थियो । अहिले भने भिडियो नै सार्वजनिक गर्दै घटनाको पुष्टी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्