वैकल्पिक राजनीतिमा महिलाको आवश्यकता


“म”विवेकशील नेपाली (दल) प्रबास संगठन अन्तर्गत कतारमा आबद्द छू l पेसाले चिकित्सा कर्मी पनी हूँ l ! हामी सफल महिला नेतृत्व विकासले नै देशमा समतामूलक संवृद्धिको बाटो तय गर्छ भन्नेमा विश्वास गर्छौँ l ” वैदिक र ऐतिहासिक कालखण्डका ग्रन्थहरूको अध्ययन गर्दा हाम्रा प्राचीन मान्यताहरू स्त्रीद्वेषी थिएनन् भन्ने बुझिन्छ । बरु त्यसपछि चलाइएका सामाजिक प्रथाहरूले महिलालाई पछि पारेको उदाहरणहरू यत्र-तत्र छरपष्ट छन l महिलाहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिका लागी सरकार तवरबाट प्रौढ शिक्षा साक्षरता बाहेक विडम्बना अन्य कूनैपनी खालका योजनाहरू गाँउघरका दूर दराज सम्म पूग्न सकेन l

नेपालको संविधानमा उल्लेख अनुसार महिलालाई ३३% आरक्षण कोटा छुट्याइएको भए पनी वर्तमान नेकपा सरकारले मन्त्रीमण्डलमा महिलाको सहभागितामा भने अङ्कुस लगाएको छ l लज्जित हुनूपर्ने बिषय के छ भने महिला तथा बालबालिका मन्त्रालयमा महिला मन्त्री नभई पुरुषलाई सुम्पिएको छ l यस्तो अवस्थामा नेपालमा महिला हक अधिकार तथा आरक्षणको कुरा मात्र कोरा कागजमा सिमित छ l ठुला भनिने राजनीतिक पार्टीले महिलाको प्राप्त अधिकार हनन गर्नू महिलाहरूको उपेक्षा गरेको बुझिन्छ l

तैँ चुप मै चुप गर्दै आएका सत्ताधारी पार्टी देखी महिला अधिकरको आशा गर्नू बेकार हुन्छ l त्यसैले पनी महिलाहरूले वैकल्पिक मार्ग खोज्नुको विकल्प छैन l सरकारी तहमा भएका महिलाहरू पनी अपबाद बाहेक सबै क्षमता र योग्यताको आधारशिलामा आएका छैन्न, त्यहाँ केवल ज्यू हजूरी गर्दै आएका र कतिपय त श्रीमान मन्त्रिमण्डलमा भएकै आडमा आएका छन् l स्पस्ट के हो भने यस राजनीतिक संस्कारमा योग्यता भएका र क्षमतावान महिला आउने बाटो बन्द छ l यसै कारणले गर्दा आज महिला पुरुषकै तूलनामा विदेश भासिन बाध्य छन l

सुदूरपूर्व र सूदूरपश्चिमका किसोरीहरू छाउ गोठमा नै देह त्याग बाध्य छन् भने कतिपय किशोरीहरुले देह व्यापार गर्दै पेट पाल्नुपर्ने अवस्थाको विकसित रूप सरकारले उचित ध्यान दिन नसक्नू नै हो l अझै पनी सरकारको मुख ताकेर बस्ने समय छ त? कदाचित बस्न सकिन्न, अब महिलाहरू नेतृत्वमा आउन आवश्यक छ l उत्कृष्टताको आधारमा क्षमतावान महिलाहरु उचित स्थानमा जाने र सामाजका महिलाको लागी विश्वासनिय काम गर्न बाटो निर्माण गर्न महिलाले वैकल्पिक मार्ग व्यवस्था रोज्नै पर्छ l नारीले देविको रूपधारण गर्नै पर्छ l _

सिर्जना खड्का विवेकशील नेपाली कतारको महिला नेत्री हून l

प्रतिक्रिया दिनुहोस्