चलचित्र “ लक्का जवान” को शिर्ष गीत सार्वजनिक


सागर श्रेष्ठ/अमेरिका

आगामी अप्रिल ३ तारिखमा संसारभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र “ लक्का जवान” को शिर्ष गीत यसै साता काठ्मान्डु र अमेरिकाको बाल्टिमोरमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएकाे छ । नेपालको कार्यक्रममा निर्देशक शिवहरी पौडेल , सह निर्माता किरण के सि , कलाकारहरु सलोन बस्नेत , बर्षा शिवाकोटी , राजाराम पौडेल ,सङीतकार बाबुल गिरी लगायतको उपस्थिती रहेको थियो भने बाल्टिमोरको कार्यक्रममा हाल अमेरिकामानै बसोबास गरिरहेका नेपाली चलचित्रका लोकप्रिय कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

लक्का जवान मार्फत नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री अनुसूया वन्त, निर्माता धुर्ब वन्त , सुपरस्टार नायक दिलिप रायमाझीको साथमा सदाबहार अभिनेत्री मेलिना मानन्धर ,अरुणिमा लम्साल र ऋचा घिमिरेले संयुक्तरुपमा उक्त गीतलाई सार्वजनिक गरेका हुन् ।

फिल्ममा प्रबेश बारे बताउदै लामो समय बिदेशमा बसे पनि कलाकारिताको मोहले सधैं डोर्याइरहेकाले आफु लक्का जवान मार्फत सकृय कलाकारितामा होमिएको नव अभिनेत्री अनुसुया वन्तले बताइन । दर्शकहरुलाई अर्को एउटा राम्रो चलचित्र दिने सोचले करीब ४ बर्षको होमवोर्क पछी लक्का जवान बनेको फिल्मका कलाकार एवम सह निर्माता दिलिप रायमाझीले जानकारी गराए ।

फोटो – सुरेस दर्पण पोखरेल

माघे सक्रान्तीको अवसर पारेर रिलिज गरिएको फिल्मको शिर्स गीतलाई युटुब मार्फत लाखौं दर्शकहरुले हेरिसकेका छन भने उत्साहजक प्रतिकृया समेत प्राप्त भईरहेको फिल्मका निर्माता धुर्ब वन्तले बताए । समारोहा मा बरिसठ लोक गायक प्रेम राजा महत , कलाकार हरु मेलिना मानन्धर , मुकेश ढकाल , अरुणिमा लम्साल , रिचा घिमिरे, राज बल्लब कोइराला, शुशान्क मैनाली, मुकेश आचार्य , सन्जिब प्रधान , सरीस्मा अमात्य , अन्जना गुरुङ , कनैह्य सिंह , श्रीजना ताम्राकार , फिल्मका सह निर्माता सुशिल अर्याल लगायतको उपस्थिती रहेको थियो । उपस्थीत सबै कलाकर्मिले सो गीतमा सामुहिक रुपमा नाचेर माहोललाई निकै रमाइलो बनाएका थिए । संचारकर्मी एवम निर्देशक सुरेस दर्पण पोखरेलले कार्य्रक्रमको सम्योजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्