स्याङ्गजा सहयोग समाजकतार द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न


प्रभाव कर्मी दोहा कतार । १८ जनवरी

स्याङ्जा सहयोग समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ  l रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै कतार स्थित हमद हस्पिटल संगको सहकार्यमा हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो l

रक्तदान कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अग्रज व्यक्तित्व, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता , बिभिन्न बैचारिक सस्थाका प्रमुख , एनआरएनएका अभियान्ता , सामाजिक संघसंस्थाका प्रमुख  लगाएत कतारमा कार्यरत  अन्य  नेपाली सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Image may contain: 12 people, including Arjun Poudel, दर्शन सुनार, Prem Chalaune, Ghanshyam Jasi, Shivaram Dhakal, Madhav Luitel and Surya Aryal, people smiling, people standing and suit

करिब २०० जनाको उपस्थितिमा बिहान ८:३० मा सुरु भएको रक्तदान कार्यक्रममा बैसठी जना सहयोगी ब्यक्त्तित्व हरुले रक्तदान गरेका थिए l गण्डकी प्रदेश समन्वय परिषद् कतारका उपाअध्यक्ष प्रेम रसाइली बाट सुरु गरिएको  रक्तदान स्याङ्गजा सहयोग समाजका सचिव टेक गैरे को रक्तदान बाट अन्त्य गरिएको थियो l

“ स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित सस्था आउदो मार्च महिनामा आफ्नो १५ औ वार्षिक उत्सव मनाउने तयारी समेत गरेको छ ।स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्य हरु गर्दै आएको समाजले विभिन्न सस्था सङ्ग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजना मा पहिलो रक्तदान  कार्यक्रम गरेको हो l समाजका अधक्ष्य अजमत अलिले समय ब्यस्थताको वाबजुत पनि यो महानकार्यमा उपस्थित हरुलाई धन्यवाद व्यक्त गरेका थिए l  

Image may contain: 3 people, including Shivaram Dhakal and Ajamat Ali, people sitting and indoor

नेपाली समुदायसँग राम्रो सहकार्य गर्दै आएको कान्तिपुर मेडिकल सेन्टर दोहा कतारले सुक्रवार सपन्न रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्णलाई फ्री मेडिकल चेक अफ गर्ने प्रतिबद्द्ता पनि व्यक्त गरेको छ l    

Image may contain: Kamal Neupane, smiling, sitting and shoes

प्रतिक्रिया दिनुहोस्