स्याङ्गजा सहयोग समाज द्वारा कलाकार सम्मानित


प्रभाव कर्मी दोहा कतार ।१९ जनवरी

स्याङ्जा सहयोग समाज कतारले कलाकार सम्मान  गरेको  छ l  नेपालबाट सास्कृतिक प्रस्तुति दिनको लागी कतार आएका कलाकारलाई सनिबार एक कार्यक्रम गरि सम्मान गरेको हो l

 नेपाल मगर संघ , शाखा कतारको आयोजना सम्पन्न माध्या सकरटी ( सार ल्हेस)-२०७६ को लागि  संघ को निमन्त्रणा मा कलाकार दोय स्याङ्गजाली चेली चर्चित मोडल तथा डान्सर अस्मिता राना  चर्चित लोकदोहोरी गायिका निर्मला थापा मगर कतार आएका थिए l

सनिबार दोहाको गोर्खा रेस्टुरेन्टमा नेपाल मगर संघ शाखा कतार लगायत स्याङ्गजा सेवा समाज,गुल्मि सेवा समाज र राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखा को  संयुक्त आयोजनामा दुवै कलाकारलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको हो l

Image may contain: 6 people, including Asmita Rana and बिजय कुमार मगर

सम्मान कार्यक्रममा  अन्य आयोजक सस्थाहरुको प्रमुख  हरु तथा  स्याङ्गजा सहयोग समाजका अध्यक्ष, अज्मत अलि ,बरिष्ठउपाध्यक्ष  घनश्याम जैसी , महासचिब शिवराम ढकाल , उपाध्यक्ष सुर्य अर्याल , सचिब टेक गैरे, सास्कृतिक संयोजक कृष्ण ढकाल, हरिनानस इकाई अध्यक्ष हुत बहादुर केसी, सल्लाकार हरु प्रेम रिजाल , भरत रोका, रेसम राना को उपस्थिति थियो l

Image may contain: 14 people, including बुद्ध पाण्डेय, Surya Aryal, Shivaram Dhakal, Hut Bahadur Chhetri Kaila, Krishna Dhakal, Asmita Rana, Prem Raj Rijal, Ajamat Ali, Bharat Rokha and Ghanshyam Jasi, people smiling, people standing

सम्मान ग्रहण गर्दै स्याङ्गजाली चेली अस्मिताले प्रदेशी भुमि कतारमा आएर विभन्न सस्थाहरु र व्यक्ति हरुले दिएको माया ले अति खुशी भएको बताईंन l अस्मिता हिजै नेपाल पुगेर आफ्नो फेसबुक वाल बाट सम्पूर्णलाई धन्यवाद दिदै आफुलेमायाको ऋणको भारि बोकेको र तिर्न सक्ने नसक्ने भनी चिन्तित रहेको जनाएकी  थिईन l

Image may contain: 8 people, including बुद्ध पाण्डेय, Jhabindra Acharya, Asmita Rana, Ajamat Ali and Shivaram Dhakal, people sitting and outdoor

कलाकार हरु हिजै नेपाल पुगेका छन् l

प्रतिक्रिया दिनुहोस्