नेपाली भाषा कक्षा नयाँ ठाउँमा


प्रभाव सम्वाददाता |अमेरिका

क्यालिफोर्निको सिलिकन भ्यालिमा संचालित नेपाली भाषा कक्षा नयाँ व्यवस्थापन सहित नयाँ ठाउँमा सन्चालन हुने भएको छ । माउन्टेन भ्युमा संचालन हुँदै आएको कक्षा यहि शनिबारबाट सान्ता क्लारा स्थित शिव दुर्गा मन्दिरमा संचालन हुने भएको हो । 

ठाउँ र कार्यसमितिका साथै कक्षा सन्चालन हुने बार र समयमा समेत हेरफेर गरिएको छ । प्रत्येक महिनाको पहिलो र तस्रो आइतबार संचालन हुदै आएको कक्षा यस हप्ता देखि प्रत्येक महिनको पहिलो र तेस्रो शनिबार मध्यान्न १२ बजेदेखि ३ बजेसम्म हुने भएको छ । 

अमेरिकामा बसोबास गर्ने नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउनको लागी नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टर र सन्निभेल एभरेष्ट लाइन्स क्लबको संयुक्त सक्रियतामा दुई वर्ष पहिला देखि नेपाली भाषा कक्षा संचालन हुदै आएको छ । 

नेपाली भाषा कक्षा संचालनकको लागी यसै महिनाबाट नयाँ व्यवस्थापन समिति समेत गठन गरिएको छ । दुर्गा मन्दिरमा बालबालिकाको लागी निरन्तर कक्षाका साथै चौतारी कार्यक्रमलाई पनि निरन्तरता दिइने कार्यसमितिका संयोजक नारायण खनालले बताए । 

साथै खनालले नेपाली भाषा कक्षामा बालबालिकालाई खाना र खाजाको व्यवस्थापन गर्ने गुर्खा किचेन र मनकामना क्याटरिङका साथै अन्य दाताहरुलाई धन्यवाद दिदै आगामि दिनमा शाकाहारी खाना मात्र उपलब्ध गराउनको लागी सम्पुर्ण दातासँग आग्रह गरेका छन् । कक्षामा नयाँ भर्ना हुन चाहने बाबुनानीको लागी नेपाली भाषा कक्षाको वेबसाइट ( https://nepalibhasa.com)  मा भर्ना फारम भरि कक्षामा उपस्थित हुन समेत सम्पुर्ण अभिभाकहरुलाई अनुरोध गरिएको छ ।

नयाँ ठाउँको व्यवस्था गर्ने लालबाबु कुशवाह, क्यालिफार्नियाबाट अमेरिकन कंग्रेसका प्रत्यासि रितेश टन्डन, शिव दुर्गा मन्दिरका पण्डित आचार्य जी लगायतलाई नेपाली भाषा कक्षा परिवारले विशेष धन्यवाद ज्ञापन समेत गरेको छ ।

कक्षा संचालन हुने ठेगाना

Shiva Durga Temple,

1170 Kern Ave, Sunnyvale Ca 94085

प्रतिक्रिया दिनुहोस्