राजनीति चेतना सुन्य भएको देशको नागरिकले, कृतिम महङ्गी र गरिबी सहनु पर्छ



✍️  कुमार लामिछाने

देशको शैक्षिक स्तर संगै नागरिकमा राजनीतिक चेतनाको स्तर पनी विकसीत हुनू पर्ने हो l तर नेपालको शिक्षा प्रणाली र राजनीति पूरातन सोचबाट ग्रसित छ l
यथास्थितिवादी तत्कालीन राजनीतिक पार्टीहरुले वर्तमान अवस्थामा नागरिकमा भ्रमित प्रभाव मात्र छाडेका छन् l नेपाली राजनीतिमा उही परम्परागत विचार हावी भएको पाईन्छ आज सम्म !
सतहीमा रहेर सरसर्ती हेर्ने हो भने लाखौँ यूवा‍हरूले राजनीतिमा प्रवेश गरेका देखीन्छन् गहिराईमा पूगेर अध्यायन गर्दै गर्दा केही प्रतिशत मात्र यूवा‍हरूमा राजनीतिक चेत रहेको छ l
तपाईलाई लाग्न सक्छ, करीब १५ लाख यूवा‍हरू विना राजनीतिक ज्ञान राजनीतिमा लागेका हून त? भन्ने! तितो सत्य यही हो l
यदि अहिलेका लाखौँ यूवा‍हरूमा राजनीतिक चेतना भईदिएको भए हामीले दासत्वको जिन्दगी अङ्गाल्न पर्ने थिएन l जनतामा राजनीतिक चेतना नभएकै कारण निरङकुशताले जरो गाड्दैछ। देश माफिया तन्त्रको कब्जामा परेको छ l सात दशक देखी देशको बागडोर सम्हालेका छन् तर देश र जनताको स्तर उन्नति हिजो भन्दा दयनिय अवस्था हुन्छ भने, यूवा‍हरूमा कसरी राजनीतिक चेत छ भन्न सकिन्छ र ?
अपबाद बाहेक सबै यूवा‍हरू नेताहरूको सिकार हून्, परिचालित नेतालाई देवत्वकरण गरी धुपधुमार गर्ने धुपौरे (पुजारी) हून भन्दा फरक पर्दैन l
आफूमा नीति, विचार, आचरण, दर्शन सिद्धान्त र देशको समृद्धिका लागी चिन्तन गर्न सक्ने क्षमता नभएका जमात हून l
राजनीतिक अपराधिकरणको बाटो हुदै सत्ता प्राप्त गरेका नेता, तिनका राजनीतिक चेत हराएका कार्यकर्ताले गर्दा देशको र जनताको यो दुरावस्था भएको छ l
मरो घर नजिकै एकजना दाई पर्ने मास्टर हुनूहून्छ l स्वाभाविकैले मास्टर भनेपछी समाजको शिक्षित वर्गमा पर्ने गर्दछन् वहाँले आजसम्म कांग्रेश र नेकपा बाहेक अन्य पार्टीलाई मतदान गर्नू भएको मलाई थाहा छैन l मैले यहाँ हामिलाई मतदान गरेन्न भन्ने खोजेको भने पटक्कै होईन l यौटा शिक्षित वर्गले भूत देखी वर्तमान सम्म सामाज र देशको अवस्था बारे ज्ञान हुँदाहुँदै एकै परिपाटी भएका पार्टीलाई मतदान गर्छ र देशको समृद्धिको हुँकार गर्छ भने त्यस व्यक्तिमा राजनीति चेन नभएको तर शिक्षित व्यक्ति चाइ मान्न सकिन्छ l
तपाई हामिले मान्ने गण्य गरेका तर पुरातन सोच भएका सबैमा राजनीतिक चेतनाको काम देख्छु l

राजनीतिक चेत, ज्ञान भएका बुद्धिजिवि वर्ग समाजमा र देशमा हुन्थे भने, आज कूनै रास्ट्रले कठै ! नेपालीहरूको अवस्था, भनेर भिख माग्ने, दान थाप्ने र मुख ताक्ने दयनीय अवस्थामा हामी नेपालीहरू हुदैन थियौँ l
थोत्रा त्रिपाल, राडी, जस्तापाता र सोझा जनताको पैसा बोकेर शासक सामन्तिहरूले कुद्न पर्ने अवस्था हुने थिएन l
राजनीतिक ज्ञान बुद्धि विवेक भएर पनी मैनता साँद्दै बस्दा वर्तमान नेताहरुले जनता माथी हुकुमि सासन र आफू अनुकूल बर्बरता निर्णय लाद्न पाएका छन l हरेक निर्वाचनमा यिनी‍हरुले नै आलो पालो राज्य सत्ता दोहन गर्न पाउने वातावरण बनेको छ l

लेखक विवेकशील नेपाली कतारका सचिव हूनूहून्छ

प्रतिक्रिया दिनुहोस्