बलिउडका बादशाह भनेर चिनिने भारतीय सुपरस्टार अमिताभ बच्चनले नेपाली ढाका टोपीमा खिचेको तस्बिर सार्वजनिक गरेका छन्।

इन्स्टाग्राममा उनले नेपालीहरुको राष्ट्रिय पोशाक अन्तर्गतको ढाका टोपी लगाएर फोटो सेयर गरेका हुन्।

तस्विरमा उनी निकै हर्षित मुद्रामा देखिन्छन्। नेपाली फ्यानको ध्यान खिच्न र माया प्राप्त गर्न उनले ढाका टोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ।