नेजस अमेरिका र आगामी अधिवेसन


✍️ याम कुमार सिटौला

विदेशी भूमीबाट पनि प्रजातान्त्रिक आन्दोलनलाई अगाडी बढाउन सकियोस् भन्ने मनसायले नेपाली कांग्रेसका संस्थापक नेता महामानव विपी कोइरालाको परिकल्पना अनुसार नै नेपाली जनसम्पर्क समिति स्थापना भएको हो । सोही बमोजिम अमेरिकाको नेपाली जनसम्पर्क समितिको झण्डामुनी आवद्ध रहने सम्पुर्ण सदस्यहरू स्वभाविक रूपमै प्रजातन्त्रवादी हुन् । 

एकातिर विविध कारणले आफ्नो देश छोडेर बिदेशिएका प्रजातन्त्र प्रेमी नेपालीहरु नेपालको विकास, देशप्रेम, सुशासन, विकास, सुख र समृद्धिको लागी अझैपनि प्रजातान्त्रिक आन्दोलनमा लागेका छन भने अर्को तिर जुन मुलूकमा बसोवास गर्रेका छन् स्वभाविक रूपमै त्यस मुलुकको कानून मान्नै पर्ने बाध्यता छ । 

नेपाली जनसम्पर्क समिति जस्तो लोकतन्त्रको लागि ऐतिहासिक भूमिका निर्वाह गरि सकेको गरिमामय संस्थाले आफ्नो देशको लोकतान्त्रिक धारलाई संधैभरी बचाइ राख्न आवश्यक भूमिका खेलेको छ र खेल्नु पर्दछ ।

भौगोलिक हिसाब,कार्यव्यस्तता, सांगठनिक क्रियासिलताका आआफ्नै कठिनाई र अप्ठ्याराहरूले जति आफ्नो देशमा लोकतान्त्रिक गतिविधीमा संलग्न हुन सजिलो छ, त्यति सजिलो विदेशमा वस्ने नेपालीहरूलाई हुन्न । तापनि आफ्नो पार्टी र लोकतान्त्रिक आस्था, निष्ठाका कारणले जुनसुकै विदेशी भूमीमा भए पनि नेपालीहरू आफ्नो वैचारिक आस्था प्रकट गर्ने, त्यसमा संलग्न हुने र त्यस विचारलाई विस्तार गर्ने एक महत्वपुर्ण संस्थाको रूपमा नै नेजस अमेरिका रहेको छ । 

यस संस्थाको आकार जति खुम्चियो त्यति लोकतान्त्रिक गतिविधी पनि खुम्चने प्रवल सम्भावना रहन्छ ।त्यसैले यसको आकार वढाउंन, यसको भूमिका सशक्त पार्न यस संस्थाको माउ पार्टीको विधान पनि सोही वमोजिम नै अद्यावधिक गर्दै व्यवस्थित गर्नु आजको आवस्यकता हो ।

त्यसैले अहिले नेजस अमेरिका ५०१ सी अन्तर्गत दर्ता भइसकेको सन्दर्भ छ ।अमेरिकाको कानून र नेपाली कांग्रेसको विधान दुवैलाई सम्मान गर्ने गरी नेजसको सदस्यता विस्तार गर्ने र नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका तर अमेरिकाको नागरिकता लिइ नसकेका नेपालीहरू नेपाली कांग्रेश पार्टीको केन्द्रिय महाधिवेसन ( नेपाल ) जान सक्ने निर्णय  जुन वर्तमान नेजस केन्द्रिय समितिले गर्यो त्यो एकदमै उचित, समयअनुकूल र व्यावहारिक छ ।

गैह्र आवासिय नेपालीहरूको भूमिकालाई सम्मान गर्दै उनीहरूलाई आफ्नो देशप्रति गहिरो सम्वन्धमा राख्न र आफ्नो देशको विकास र सम्वृद्धीमा हातेमालो गर्नकै लागि नेपालका सवै ठूला दलहरूको सहमति र स्विकृतिमा संविधानमै व्यवस्था गरिएको गैह्र आवासिय नेपालीको नागरिकतालाई निकट भविष्यमै कानून निर्माण गरेर प्रदान गरिन लागेकै पुर्व सन्ध्यामा यस देशको मूल कानून र मातृपार्टी नेपाली कांग्रेसको विधान दुवैलाई सन्तुलित रूपमा स्विकार गर्ने भर्खरै भएको नेजस अमेरिकाको केन्द्रिय समितिको निर्णय स्वभाविक रूपमै दुरदर्सी र व्यावहारिक पनि छ । यस निर्णयको कार्यन्वयनमा आआफ्नो ठाउँबाट सहयोग, सुभेच्छा सहित सहभागिताको लागि आवश्यक भूमिका निर्वाह गर्नु नेजससंग आवद्ध सम्पुर्ण नेता, सदस्यहरूको जिम्मेवारी र कर्तव्य ठहर्छ ।

त्यसैले यहि निर्णयको आधारमा आगामी नेजस अमेरिकाको अधिवेसन गर्ने कुरा स्वागतयोग्य छ ।यसले नेजसको आकार पनि विस्तार गर्ने र यो सवै प्रजातन्त्रवादीहरूको वलियो प्लेटफर्मको रूपमा स्थापित हुने पनि निश्चित छ ।

हामी प्रजातान्त्रिक देशका बासिन्दा हौं । साथै नेपालको प्रजातान्त्रिक पार्टीको भातृ संगठनलाई निरन्तरता पनि दिएका छौं । निर्वाचनबाट बिधीवत् रुपमा नेतृत्व स्थापना गर्नु नै प्रजातन्त्रको गरिमा हो । नेजस अमेरिकाको चुनाब नभएको पाँच बर्ष बित्यो, पाँचबर्ष बितिक्दा पनि संगठन नयाँ नेतृत्वको पहल नहुनु दुखद विषय थियो । अहिले भने चुनाबको माहोल बनेको छ, अब यसमा होमिनुको हामीसँग बिकल्प छैन । यस नेजसअमेरिकाको निकट भविष्यमा हुन गइरहेको अधिवेसनमा व्यापक सहभागिता जनाई यसवाट सवैलाई समेट्न सक्ने लायक, जुझारू, सक्षम, लोकतन्त्रवादी नेतृत्व चयन गर्न सफल होस । शुभकामना!

प्रतिक्रिया दिनुहोस्