नेपाली कांग्रेसको आन्दोलनमा युवाको घट्दो आकर्षण र अबको बाटो


✍️  लक्ष्मण गौतम 

गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य मान्छे बाँच्नका लागी चाहिने आधारभुत आवश्यकताहरु हुन् तर नेपाली समाजमा गाँस भन्दा पनि नभै नहुने अर्को आवस्यकता छ र त्यो हो राजनीति । 

नेपालमा स्वतन्त्र कोही पनि छैन र स्वतन्त्र भएर बाँच्न सक्ने अवस्था पनि छैन । नेपाली समाज राजनिती ग्रस्त छ । स्कुल , कलेज , मन्दिर , कुलो , खाने पानी देखी बोको काट्ने , कपाल काट्ने , कपडा सिलाउने , डाक्टर , ईन्जीनेयर , शिक्षक , मजदुर , न्यायलय , प्रहरी प्रशासन हरेक क्षेत्रमा राजनितीले थिचेको छ । 

कुलोको अध्यक्ष , मन्दिरको अध्यक्ष , स्कुलको अध्यक्ष , राजदुत , प्रहरी प्रमुख देखी अख्तियार प्रमुख बन्न कुनै पार्टीको झोला बोकेर हिंड्नै पर्छ । कोटाबाट नियुत्ती पाएकाहरुले नुनको सोझो गर्नु कुनै नौलो कुरै भएन तेसैले यहाँ प्रहरी देखी अख्तियार सम्मले राजनितीक आस्थाका आधारमा मुद्दा चलाऊछ , कारवाही गर्छ र पछिल्लो समय बिजय कुमार गच्छेदारलाई मात्र मुद्दा चलाऊनु तेसै टिके नियुक्त्तीको उपज हो  । 

मन्त्री परिषदबाट निर्णय गराउनेलाई नछुने , जग्गा किन्नेलाई नदेख्ने तर मन्त्री परिषदमा प्रस्ताव लिएर जानेलाई मात्र समाउन संबिधानको कुन धाराले भन्छ ? कानुनको कुन दफाले दिन्छ ? 

“Youth are always behind power” अर्थात “युवा जहिले पनि शक्त्तीको पछाडी लाग्छन”। जहाँ शक्ती छ, जहाँ सुरक्षा छ, जहाँ संरक्षण छ र मान्छे मारेको मान्छे जुन मसिनमा पसे पछि बुद्द बनाएर निकालिन्छ युवा त्यतै लाग्छ । अहिलेको अवस्थामा तपाईं जती ठुलो अपराध गर्नुहोस तर तपाईं कथित राष्ट्रबादी मसिनमा छिरे पछि तपाईंका सबै अपराध माफ हुन्छन ।  

बिजय कुमार गच्छेदारलाई मुद्दा चलिरहँदा नेपाली कांग्रेस र कांग्रेसका कुनै पनि भात्तृ संगठनले गच्छेदार माथि मुद्दा चल्नु हुँदैन भनेका छैनन, मुद्दा चलोस र भोली दोषी ठहर भए कारवाही पनि होस । नेपाली कांग्रेस भ्रष्ट्राचार मुक्त नेपाल चाहन्छ, नेपाली कांग्रेस बिकसित, शुसासित र सम्रिद्ध नेपाल चाहन्छ । नेपाली कांग्रेस हरेक नेपालीको गास बास कपास स्वास्थ्य शिक्षा र रोजगारको ग्यारेन्टी होस भन्ने चाहन्छ तर ठुला माछा छाडेर सिद्रा समाउने अख्तियारको जुन बदनियत छ यसले कानुनी राज्यको बलात्कार हुन्छ र नेपाली राजनितीमा राजनितीक प्रतिसोधको नजिर स्थापित गराउछ। 

आज सत्तामा हुनेले प्रतिक्षलाई भित्तामा पुराउला र भोली सत्तामा पुगे पछि तेही भित्तामा पुगेकोले आफुलाई भित्तामा पुराउनेलाई फेरी भित्तामा पुराउछ र यस्तो अवस्थामा हामीले बनाएको संबिधान नियम कानुनका पानाहरु केवल बजारमा बदाम बेच्न मात्र काम लाग्छन । चोर मेरो तेरो हुँदैन, चोर केवल चोर मात्र हो, चोर जती सबैलाई समातौ र सबैलाई खोरमा हालौ देशमा कानुन छ र कानुन सबैका लागि बराबर हो भन्ने सन्देश दिउ र यही नै शुसासित समाजको बाटो हो ।  

युवा शक्त्तीको पछाडी लाग्छ र आज यदि सरकार ठुला माछा जोगाएर सिद्रा समाउन सफल हुन्छ भने भोलीका दिनमा नेपाली युवा तेही अपराधीलाई बुद्द बनाउने कथित राष्ट्रबादी मसिनमा छिर्न वाध्य हुने छ तेसैले नेपाली कांग्रेस बिधीको शासन र कानुनी राज्यको प्रत्याभूती दिन सडक देखी सदन सम्म दर्हो खुट्टाका साथ उभियोस ।  

लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस्