कतारमा ग्याल्पो लोसार चाड मनाइदै


दोहा l कतारमा नेपाली रार्ष्ट्रिय चाड “ग्याल्पो लोसार” मनाइने भएको छ । शेर्पा किदुग दोहा कतारको आयोजनामा बिगतका बर्ष झै यस पाली पनि आगमि मार्च ६ तारिक शुक्रबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो लोसार चाड विभिद सास्कृतिक कार्यक्रम गर्दै मनाउने भएको हो ।

” भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान,जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन :२०१७ सालमा कतारमा स्थापना गरिएको यस सस्थाले चौथो पटक ग्याल्पो लोसार चाड मनाउन लागिएको सस्थाका महासचिव आङ मिङमार शेर्पाले मुग्लानी लाई बताए ।

बिगतका बर्षहरुमा नेपाल बाट कलाका ल्याएर कार्यक्रम गर्नेगरे पनि यो पाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति साथै विभिन्न सेर्पाका मौलिक झाकी पर्दसन लगायतका कार्यक्रम गर्दै चाड मनाउने लागेको सेर्पाले जानाकारी गराए । दोहा स्थित गल्फ होराईजन होटेलको सभाहलमा हुने बृहत कार्यक्रमको लागि शेर्पा किदुग दोहा कतारले यहाँ स्थित सम्पुर्ण नेपाली समुदायमा गरिमामय उपस्थितिको पनि हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्