फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत र स्वरमा रहेको गीतमा फिल्मका दुई मुख्य पात्र सौगात मल्ल र मिरुना मगर फिचर्ड छन् ।

गीतमा रामअविरल विष्टको शब्द र रिकेश गुरुङको एरेन्ज छ । यो गीतमा सौगातले मिरुनालाई फकाउन प्रयास गरिरहेको भाव समेटिएको छ । ‘तपाईं मेरो पहिलो लभ नभएपनि अन्तिम लभ चाहिं अवश्य हो’ मिरुनालाई फकाउँदै सौगातले भनेका छन् ।

 

गीतमा तल्लो मुस्ताङको हिमाली सौन्दर्यलाई चित्रण गरिएको छ । सौगात र मिरुनासहित दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा यसपटक मिरुनाको प्रवेश भएको छ । विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले संयुक्त रुपमा निर्माण गरेको फिल्मले हलसम्म दर्शकलाई फर्काउने निर्माताले आशा लिएका छन् ।