मायाप्रीतिका कुरा


✍️ हरिहर दाहाल | प्रेम दिवस

उसबेला,

माया प्रीतिका कुरा

टाढैबाट आँखामा-आँखा जुधाएर गरिन्थे !

समर्पण र त्यागका थैलाहरु

दिन दिनै चुलिएर भरिन्थे !! 

प्रियलाई सम्झिएर रूने, 

दुई शरीर तर एक आत्मा हुने, 

आफूमा उसकै प्रतिबिम्ब देख्ने,

हृदयकाे कलमले मीठाे पत्र लेख्ने ! 

कल्पनामा बिताउने ती रातहरू,

खाेलाे तार्ने निहुँले समाउने हातहरू !

त्याे निश्छल प्रेम, त्याे समर्पण ! 

त्याे चाहनाले भिजेकाे ओठ तर पवित्र याैवन !

आजकाल,

मायाका नाममा थुप्रै नाटकहरु गर्नु पर्छ,

“आई लभ यु” र 

“आई मिस यु” का फूलबुट्टा भर्नु पर्छ

नेहाकी आमा,

म त फगत रित्तो छु,

केवल एउटा कविता उपहार दिदैछु

प्रणय दिवसको अवसरमा 

तिमीलाई आत्मीय अँगालो भित्र लिदैछु।

प्रतिक्रिया दिनुहोस्