प्रधानमन्त्री ओलीको वेबसाइटबाटै याैन धन्दा


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेबसाइट पोर्न साइटमा परिणत भएको छ । प्रधानमन्त्रीले प्रयोग गर्दै आएको वेबसाइट म्याद सकिदा सम्म नविकरण नगरिएपछी यौन धन्दा गरिने वेबसाइटमा परिणत भएको हो ।

http://kpsharmaoli.com/ डोमेन भएको बेवसाइटमा अहिले नेपालका प्रधानमन्त्री र नेपालको जानकारीको सट्टा चाइनिज यौन कर्मी महिलाहरुको फोटो र भिडियो अपलोड भएको छ । वेबसाइटमा चाइनिज भाषामा BOBO Live APP – 18+ Only भनेर लेखिएको छ भने मुख्य पेजको लोगो भने महिलाहरुले छातीमा लगाउने भित्रि लुगाको राखिएको छ ।

देशको प्रधानमन्त्री जस्तो व्यक्तिको बेवसाइट नै योन धन्दा गर्ने साइटमा परिणत भएको यो विश्वमै नयाँ घटना हो । यो वेबसाइट http://kpsharmaoli.com/लाई खोलेर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्