सन्ध्याग्रुप मुग्लानी सौगातको ७८ औ वाचन श्रृङखला नेपालमा हुँदै।


काठमाडौं ।

२००२ मा कतारमा स्थापित बिशुद्ध सामाजिक सस्था अन्तर्गत साहित्यिक बिभाग मुग्लानी सौगातको मासिक रचना वाचन डबलीको ७८ औ श्रृङखला काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठान कमालादीमा यहि आउदो फाल्गुन १७ गते शनिवार हुने भएको छ।

नवनिर्बाचित कार्यसमितिले सस्थाका सस्थापक अध्यक्ष लगाएत स्थापना कालदेखी तन मन धन तथा आर्थिक नैतिक भौतिक र बौद्धिक सहयोग गरि यहाँ सम्म ल्याई पुर्याउनु हुने अग्रज ब्यक्तिहरुलाई सम्मान समेत गर्ने भएको छ।

सन्ध्याग्रुप अल्खोर कतार सस्थामा तीन वटा बिभाग छन: सास्कृतिक,साहित्यिक र खेलकुद।

बिगत ७८ औ महिना अघि देखि शुरु भएको साहित्यिक रचना वाचन डबली श्रृङखलाहरु कतारमा हुँदै आएका थिए।कतारमा रहेका साहित्यकारहरूलाई समेट्दै साहित्यिक कार्यक्रम गर्दै आएको सस्थाले ७८ औ वाचन डबली नेपालमा रहेका विभिन्न अग्रज साहित्यकारहरु सङ्ग गर्ने निर्णय गरे पछि कार्यक्रम हुने भएको हो।नेपालमा रहनुभएका सम्पुर्ण साहित्यकारहरुलाई उक्त दिन यहीँ समाचारलाई आधार मानी उपस्थित भैई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिनहुन विनम्र अनुरोध समेत गरेको छ।

गत जनवरी ३१ तारिखमा सम्पन्न छैटौं अधिबेशनबाट गणेश क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको थियो ।नयाँ कार्यसमिति चयन भए सङ्गै सस्थाको सकृयता तिब्र रुपमा बढाएको छ।करिब १५० साहित्यिक स्रष्टा लगाएत बिभिन्न संघ सस्थालाई आवद्ध गराउने यो कार्यक्रमको लक्ष रहेको सस्थाका अध्यक्ष गणेश क्षेत्रीले बताएका छन।

प्रतिक्रिया दिनुहोस्