“देश बनाऊन उठौँ भन्छन् विवेकशील युवा l”


✍️ कृष्णशर्मा पौडेल

प्रातकालिन प्रार्थना न आस्तिक न नास्तिक, सभ्यता स्वभाव र शिलको सुन्दरता,रमणीय झिलमा
न मन्दिर जान्छु न मस्जिद जान्छु l किनकी म प्रबासमा छू l


मेरो भगवानहरु अनन्त दिलमा बस्छन् जो संस्कृति, सम्पदा, देशको माटो र देशप्रति जीवन समर्पण गरेका छन् गर्दैछन l हाम्रो, मेरो भन्ने सबैलाई प्रिय हुन्छ l ति प्रार्थना हून, प्रार्थनाले मनमा शान्ती, शरीरमा उर्जा र सकारात्मक विचारहरु पैदा हुन्छ l भगवान मान्नुस् नमान्नुस् , प्रार्थना गर्ने बानि बसालौँ मातृभूमिको लागी !

प्रवासमा थिए :मज्जा संगले थकाईलाई recover गरी पुनः ऊर्जावान हुँदै एक निन्द्राबाट उठेर, सामाजिक संजालको आँखी झ्यालबाट देशलाई चिहाउँदा, देश कूनै दूर क्षितिजको दूरदराजको गाँउमा मठ्ठी बटारेर गणराज्य देश नेपाल भजाउँदै रहेछ l

म अबोध!भर्खरै उठेर दृश्यहरू नियाल्दै गर्दा प्रधानमन्त्री निमित्तका भक्तहरू लावालस्कर लामबद्द लाइनमा मालिको जदौ गर्नका लागी उद्देलित देखिन्थे! मलाई “हाउगुजी” लाग्ने हेलिकप्टर मेरो देशको प्रधानमन्त्रीका लागी, परबाटै देखी हेप्पी बर्थ-डे संगतिको धुनमा सेता बादललाई आफ्नो आगमनको (निमित्त व्यक्तिका लागी) बाटो खाली गर्न संकेत दिदै गरेको पर प्रबासमा बसेर हेरीरहेँ l

मलाई उठ्ने निकै ढिला भएको रहेछ l पलभरमै विकासले कायापलट हुने देशको नागरिक “म” केही घण्टा सुते मात्रै पनी दशको गतिविधि सुन्न र देख्न मलाई निकै सकस पर्यो l
केही समय फेसबुकको भित्ता सार्दैहेर्दा उत्तेजनाले थरथर काँपेका मेरा अौँलाहरू रक्तिम जनबादी कम्रेडको ७० करोडौँ विकासको बन्द बाकसमा
बकसपत्र दिदैँ आएको भष्टाचार विरोधी वाक प्रदर्शनले रंगमञचमा दर्शक श्रोताको मन जीतेको देखे l

यसवेला सम्म कती सुतेछु पत्तै भएन! मन दोमन भयो l सूत्ने म मात्र हो की, अरू पनी सूत्ने गरेका छन? प्रश्न मनमा उब्जियो l अन्य नसुतेका भए आज किन संजाल भरी प्रशान्त महासागर जस्तै उर्लिन्थे होला! पक्कै यिनी‍हरु सुते, सूत्ने बेला सुतेन्न, नसुत्ने बेला म जस्तै भूसुक्कै निदाए l
देश निदायो,सरकार र सांसद निदाए,कर्मचारी निदाए|विवेक,चेतना र विकास निदाए|न्याय र समानता सबै निदाए|अब हामी पनि सुतिसुति समृद्धिको सपना देखौँ! होईन भने, मध्यदिनमा ब्यूँझिएको म देशको चिन्ताले निदाउन सकेको छैन । था छैन देश मेरो चिन्ताले तपाईलाई निदाउन दियो कि निएन !

म निदाएकै बेला माअो उठेर यौटा शंखघोष गरेछ , गाउँ गाउँमा सिंहदरबार आउनेछ । सिंहदरबार आएपछी घर घरमा ब्रान्डेड भट्टि नहुने कुरै नमः थिएन । भट्टि भएसि हल्का खानै पर्‍यो सभाअध्यक्षको लेवलमा, चट्टलाएर खाईएछन् देश बनाउने चिन्ता बढेको बेला, मद्यहोसिमै देशले अर्को क्रान्ति गरेछ l
आखिर “म” यो देशको समृद्धिको संम्बाहक युवा! यती सम्म देशले फड्को मार्दासम्म हामी निदाउँछौ भने आखिर देश कहिले बन्छ? जागौँ उठौँ यो बेहोशी निन्द्राबाट! लागौँ देश बनाउन, हाम्रो देश हामिलाई प्यारो छ l तपाई सुते भ्रष्टहरू उठ्नेछन्, हामी उठे यो देश उठ्नेछ l

लेखक :विवेकशील नेपाली कतारका अभियन्ता हुन्

प्रतिक्रिया दिनुहोस्