शुन्य भेदभाव दिवस/ कसैले कसैलाई भेदभाव नगरौ


✍️ अमृता घिमिरे

आज शून्य भेदभाव दिवस कसैले कसैलाई पनि कुनै प्रकारको भेदभाव र भेदभाव जन्य कृयाकलाप नगरौं र आफुले पनि भेदभाव नसहौ । विश्व का सबै मानिसलाई समान दृष्टिकोणले हेर्ने गरौ ।
कुनै पनि ब्याक्ती वा अन्य कुनै वर्ग ,धर्म जातजाति तथा विभिन्न समुदायको सदस्य बीच कुनै पनि आधारमा गरिने पक्षपात वा अन्तर नै भेदभाव (discrimination हो ।


भेदभावले व्यक्तिको आर्थिक सामाजिक बिकासमा बाधा उत्पन्न गराउदछ ।भेदभावको चलन प्राय सबै देशमा छ । नेपाली समाजमा त झन भेदभावले जरानै गाडेको छ । घर होस वा कार्यलय सबै ठाउमा कसैले कसैलाई कुनै न कुनै किसिमको भेदभाव गरेकै हुन्छन् ।भेदभाव भन्नासाथलिंग (sex)जाति (race)वैवाहिक स्थिति (marital status) उत्तरदायित्व (carers’ responsibilities)अपंगता (disability)उमेर (age)राजनैतिक झुकाव (political conviction)धार्मिक विश्वास (religious belief) लगायतका कुरामा गरिने फरक व्यबहार हो ।
शून्य भेदभाव दिवस अर्थात ज़ीरो डिस्क्रिमिनेशन डे मार्च १ मा विश्व ले मनाउदै आएको छ । शुन्य भेदभाव दिवसलाई ब्यक्ति सबै प्रकारका बन्धनहरु बाट माथि उठेको दिनको रूपमा लिने गरिन्छ ।
हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्रसंघले शुन्य भेदभाव दिवस मनाउने गर्दछ । युएनएड्सको विशेष पहलमा यो दिवस मनाउन शुरु गरिएको हो ।विभिन्न किसिमको भेदभावले संसारभरिका लाखौं व्यक्तिको जीवनलाई प्रत्यक्ष असर गरिरहेको छ ।विश्वका सबै कुनाका मानिसहरू समान हुन । कुनै पनि आधारमा कसैले कसैलाई कुनै पनि किसिमको भेदभाव गर्न पाईदैन भनेर शुन्य भेदभाव दिवस मनाउन थालिएको हो । शुन्य भेदभाव दिवसले भेदभावको अन्त्य गर्न विश्वव्यापी आन्दोलनको लागि एकजुटता सिर्जना गर्ने काम गर्दछ ।


युएनएड्स एचआइभी पिडितको लागि काम गर्ने संस्था हो । एचआइभी भएका व्यक्तिलाई घृणाको दृष्टिकोणले हेर्ने छिछी र दुर्दुर गर्ने उनिहरु सङ छोईन र बोल्न नखोज्ने जस्ता भेदभाव भएका कारण मार्च १ का दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन भन्ने उद्देश्यको साथ युएनएड्सको पहलमा शुन्य भेदभाव दिवस मनाउन शुरु गरिएको हो ।

भेदभाव बलिया ले कमजोरलाई गर्ने हेपाहा प्रवृत्ति हो ।विश्व मा हेर्ने हो भने लाखौं महिला र केटीहरूले आफुलाई हिंसा र दुरुपयोगको अनुभव गर्ने गर्छन् । उनिहरु आफ्नो न्यायका लागि बोल्न डराउछ्न । त्यसैगरी यिनिहरु आफ्नो स्वास्थ्य सेवा, शिक्षा वा रोजगारीमा पहुँच लगायतका अधिकार बाट पनि बन्चित छन् ।नेपालको अबस्था हेर्ने हो भने नेपाली समाजको उन्नति र बिकासको लागि बाधा खडा गर्ने काम नै भेदभावपुर्ण व्यबहार हो । भेदभावले एउटा व्यक्तिलाई मात्रै चोट पुर्‍याउँदैन, सिङ्गो रास्ट्रलाइनै चोट पुर्‍याउँछ । भेदभाव मानवअधिकारको उल्लघन पनि हो ।
प्रत्येक ब्यक्तिलाई सम्मान र मर्यादाका साथ बाँच्ने अधिकार छ । हामी सबै समान छौ , यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजिब निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको छ । एकातिर हेर्ने हो भने विश्व प्रविधि र सञ्चारको विकासमा अगाडि बढेको छ ।अर्कोतिर भेदभावको वातावरण कायमै छ ।शुन्य भेदभाव दिवसलाई सफल बनाउन र विश्व लाई भेदभाव रहित गराउन संचारमाध्यमको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ । संचारमाध्यम द्वारा तस्विर, रेखाचित्र, संगीत, र भिडियोहरू फेसबुक, ट्विटर र इन्स्टाग्राम मार्फत भेदभाव विरुद्धको जनचेतना जगाउन सकिन्छ । सबै व्यक्तिले आफ्नो जीवनको दौरान कुनै न कुनै प्रकारको विभेदको अनुभव गरेका हुन्छन्।


नेपालमा हेर्ने हो भने अझै पनि लिङ्गको आधारमा गरिने विभेद हट्न सकेको छैन । गर्भको लिङ्ग पहिचान गरि छोराछोरी बीच विभेद गरिन्छ । गर्भमा छोरी छ भने गर्भास्थाकि महिलालाई खान पिन देखि स्याहार सुसारमा फरक किसिमको व्यबहार गरेको पाईन्छ । यो महिला माथी हुने विभेद हो । राज्यले आफ्ना नागरिकको समान रूपमा, बाच्न पाउने अधिकारको सुनिश्चितता कानुनी रुपमा त गरेको छ तर ब्यबहारिक रुपमा प्रयोग भएको पाईदैन । अपांगता भएका व्यक्तिलाई सपाङगले राम्रो व्यबहार गर्न नसक्नु , अपांग भएकै कारण अवसर बाट बन्चित हुनु पर्ने यो खालको विभेदको पनि अन्त्य हुनु जरुरी छ ।

सबै व्यक्तिले आफ्नो जीवनको दौरान कुनै न कुनै प्रकारको विभेदको अनुभव गरेका हुन्छन्। नेपालमा हेर्ने हो भने अझै पनि लिङ्गको आधारमा गरिने विभेद हट्न सकेको छैन । गर्भको लिङ्ग पहिचान गरि छोराछोरी बीच विभेद गरिन्छ । गर्भमा छोरी छ भने गर्भास्थाकि महिलालाई खान पिन देखि स्याहार सुसारमा फरक किसिमको व्यबहार गरेको पाईन्छ । यो महिला माथी हुने विभेद हो । “

कतिपय कार्यलयमा सुत्केरी महिलाले सुत्केरी बिदा समेत पाउदैनन यदि बिदा पाईहाले भने सुत्केरी बिदा पश्चात् साबिककै पदमा काम गर्न दिईदैन । स्तनपान गराउने महिलाले घरायसी तथा कार्यलयको काममा पूरा समय दिनु पर्दा प्राप्त स्तनपान गर्न पाउने अधिकारबाट बच्चा बन्चित भएको पाईन्छ ।एउटा जातिले अर्को जातिलाई सम्मानजनक व्यबहार नगर्नु पनि विभेद भित्र पर्दछ । एकै पदमा काम गर्ने महिला र पुरुष बिच पनि समान कामको समान ज्याला दिईदैन । यस्ता विभेदको अन्त्यका लागि सबैले सबैलाई सम्मानजनम ब्यवहार गर्नु पर्दछ ।

२१ औं सताब्दिमा कोहि कसैको दबाबमा बाच्न सक्दैनन् र यस्ता दिवसबाट व्यक्तिले आफ्नो अधिकार र कर्तव्यलाई नजीक बाट बुझ्ने मौका पाउदछ । जेष्ठ नागरिक , बालबालिका , महिला , जातजाति , भाषाभाषी , धर्म ,लिङ्ग तथा कामको आधारमा कसैले पनि विभेद खेप्न नपरोस् । सबै किसिमको विभेदको अन्त्यका लागि शुन्य भेदभाव दिवसले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्