भुजेल समाज कतारको पाँचौ अधिबेशन सम्पन्न,अध्यक्षमा वीर बहादुर भुजेल


“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने नाराको साथ प्रवासी भुजेल समाज कतारको ५ औ महाधिवेशनमा भुजेल सेवा समिती केन्दका उपाध्यक्ष श्री बुद्द बहादुर घर्तिको प्रमुख आतिथ्यमा ग्रील हाउस रेस्टुरेन्टको सभाहलमा सप्पन्न भएको छ ।

कार्यक्रममा दोहा कतारमा स्थापित विभिन्न संघ सस्था बुद्दिजिबी समाजसेवी पत्रकार भुजेल बन्धु र गैर भुजेल दाजुभाइ दिदिबहिनी हरुको निकै नै बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न मातृसस्था समाजसेवी राजनीतिदलका प्रतिनिधित्व गरि आउने वक्ताहरुले समाजको उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ बन्दै गरेको कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियोे । उक्त कार्यक्रममा प्रवासी भुजेल समाज कतारको विभिन्न कार्यक्रममा सास्कृतिक प्रस्तुति दिई समाजलाई साथ अनि सहयोग गर्नुहुने कलाकार साथीहरू / स्वादिलो खानपिन बनाई सहयोग गर्ने दिदिबहिनीहरु/पुरानो २०१७/२०१९ कार्यसमिति सहित लाई सम्मान गरिएको थियो।

कार्यक्रम लाई थप मनोरञ्जन दिनको लागि कतारमा अबस्थित सपना सङित परिवारका साथीहरू बाट बेजोड प्रस्तुति रहेको थियो साथै कलाकार माया भुजेल र साथीहरू सहितको स्वागत नृत्यले कार्यक्रमको सुरुवात गरिएको थियो।

उक्त कार्यक्रममा सस्थाका अध्यक्ष श्री मिलन कुमार भुजेलको सभापतित्वमा रहेको कार्यक्रम उहाले ५ औ महाधिवेशनमा अहोरात्र खटिनु हुने सम्पुर्ण २०१७/२०१९ कार्यसमितिका पदाधिकारी हरुमा हार्दिक कृतज्ञता दिनु भएको थियो, साथै उपस्थित सम्पुर्णमा सस्थाका बरिस्ठ उपाध्यक्ष वीर बहादुर भुजेल ज्युले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रम सस्थाका महासचिव युवराज भुजेल जि ले चलाउनु भएको थियो ।

प्रवासी भुजेल समाज कतारको ५ औ महाधिवेशन बाट २१ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरिएको थियोे ।
पाँचौ महाधिवेशन बाट निर्बिरोध निर्वाचित २१ सदस्यीय कार्यसमिति
अध्यक्ष :- वीर बहादुर भुजेल,
बरिस्ठ उपाध्यक्ष :- रमेश भुजेल
प्रथम उपाध्यक्ष :- प्रभात भुजेल
दितिय उपाध्यक्ष :- शिव बाबू भुजेल
महासचिव :- युवराज भुजेल
कोषाध्यक्ष :- उमेश कुमार भुजेल
सचीव :- सन्तोष भुजेल
सह -कोषाध्यक्ष :- अर्जुन भुजेल

सदस्यहरु: अन्तर भुजेल,चित्र बहादुर भुजेल,रुद्र बहादुर भुजेल, कुमारी भुजेल, माया भुजेल, रितेश भुजेल पुजा भुजेल ,मन कुमार भुजेल,कृष्ण बहादुर भुजेल,रमेश भुजेल, सागर भुजेल, प्रदेस नम्बर १ सम्योजक:- छबि भुजेल, प्रदेस नम्बर ३ सम्योजक:- रोज भुजेल रहेका छन

प्रतिक्रिया दिनुहोस्