अमेरिकाको वासिंटन राज्यमा कोरोनाबाट ६ को मृत्यु, ७ को अवस्था गम्भिर


अमेरिकाको वासिंटन राज्यमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । किङ काउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एकजनाको मृत्यु भएको पुष्टी भएको छ । अहिलेसम्म अमेरिकामा ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

अमेरिकामा उपचार भइरहेका ७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । ९ जनाको भने सफल उपचार गरिएको छ ।

न्युयोर्कमा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । ३५ बर्ष काटेकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । उनमा ईरान भ्रमणको क्रममा संक्रमण भएको जनाईएको छ । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ ।

अहिलेसम्म विश्वभर ९० हजार ३ सय २ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३०८७ पुगेको छ । संक्रमित ४५ हजार ७ सय ५ को सफल उपचार गरिएको छ ।

दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने संक्रमितको संख्या ४३३५ पुगेको छ । इटलीमा ५५ जनाको ज्यान गएको छ भने इरानमा ६६ जनाको ज्यान गएको छ । इटलीमा २०३६ जनामा संक्रमण पुष्टी भएको छ भने इरानमा संक्रमितको संख्या १५०१ पुगेको छ ।

जापानमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २७४ मा संक्रमण भएको छ । जापानको क्रुजसिपबाट उद्दार गरिएका ७ जनाको मृत्यु भइसकेको छ भने ३६ जनाको अवस्था गम्भिर रहेको छ । त्यहाँ ७०५ मा संक्रमण पुष्टी भएको थियो ।

खासोखास बाट

प्रतिक्रिया दिनुहोस्