क्यालिफोर्नियामा अहिले सम्मकै ठूलो होली धमाका हुँदै


अमेरिका

द व्हाइट जोन इन्टरनेशनल क्यालिफोर्नियाको आयोजनामा अहिले सम्मकै ठूलो होली कार्यक्रम हुने भएको छ । विगत चार वर्षदेखि होली धमाका गर्दै आएको द व्हाइट जोन इन्टरनेश्नलले यो वर्ष पनि मार्च ८, २०२० मा होली आयोजना गरेको छ । 

द व्हाइट जोन इन्टरनेश्नलका क्यालिफोर्निया सभापति हरी ओझाका अनुसार होलि धमाकामा सान फ्रान्सिस्को बे एरियाका सम्पूर्ण नेपाली समुदायलाई आमन्त्रित गरिएको छ।

प्रभाव सम्वाददातासँग कुरा गर्दै संयोजक ओझाले होली कार्यक्रममा सहभागी भइ होलीको रङ्गको मिश्रण जस्तै आत्मियता साटासाट गर्न बेएरियाबासी सबैलाई आग्रह गरेका छन् । फागु पुर्णिमा अर्थात होली पर्व नेपालमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । 

यसका साथै द व्हाइट जोन इन्टरनेश्नल क्यालिफोर्निया च्याप्टरले होलिको हार्दिक मंगलमय सुभकामना सेमत व्यक्त गरेको छ।

कार्यक्रम हुने स्थल: 2151 Martin Luther King Jr. way, Berkeley CA 94704 (Civic Center Park) 
मिति: March 08,Sunday, 2020, दिनको १२ बजे देखि साँझ ४ बजे सम्म
ड्रेस: सेतो टि-सर्ट अथवा स्वच्छिक कुनै
सम्पर्क: द ह्वाइट जोन इन्टर्नेशनल क्यालिफोर्निया तथा सम्पुर्ण द ह्वाइट जोन इन्टर्नेशनल परिवार

अनलाइन टिकटकाे लागी: https://we.hamropatro.com/c/c19a5630-3eed-11ea-83dc-0242ac120065/events/2a05ce20-3ef3-11ea-8a00-0242ac120046?fbclid=IwAR2Wuj292mEB1CM5-lzEAXmfXr_5BeA117_h-lyikryWs0F06RyXP5G8kog

प्रतिक्रिया दिनुहोस्