क्यालिफोर्नियामा सबै नागरिकलाई ‘घरमै बस्न’ आदेश


काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यले आफ्ना ४० मिलियन नागरिकलाई घरमै बस्न आदेश दिएको छ । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि यस्तो निर्णय गरिएको सीएनएनले जनाएको छ ।

क्यालिफोर्नियामा अहिलेसम्म ९१० जना कोरोना संक्रमित देखिएका छन् भने १९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा पाँचहजार बढी कोरोना संक्रमित छन् । वासिङटनमा अहिलेसम्म १३७८ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले अत्यावश्यक कामका लागिबाहेक घरबाट बाहिर ननिस्कन भनेका हुन् ।

हालसम्म अमेरिकामा १३८५९ जना सङ्क्रमित भेटिएका छन् भने २०९ जनाले कोरोनाका कारण ज्यान गुमाउन परेको छ l

प्रतिक्रिया दिनुहोस्