कोरोना कहर : पोखरा लेकसाइड सुनसान


बिना बराल पोखरा l

भिजिट नेपाल २०२० अनि पोखराको लेकसाइड नेपालकै एउटा नमुना पर्यटन क्षेत्र यति बेला पर्यटकको भिड हुने बेला हो l तर आज लेकसाइडमा सुनसान देखिएको थियो रातको १२ बजे पनि थुप्रै पर्यटक हिड डुल गर्ने लेकसाइडमा आज दिनको १२ बजे पनि बाटो सुनसान देखिन्थ्यो कारण हो
महामारीका रुपमा संसारभर फैलिरहेको कोभिड–१९ नामक भाइरस l


संसार भरी झन्डै १३०० ० भन्दा बढी मानिसहरु यहि भाइरसका कारण ज्यान गुमाएका छन् l आज बिहान सम्म नेपाल ग्रीन जोनमा रहेपनि आज विरगन्जका एकजनालाई देखिएपछि नेपाल पनि कोरोनाको खतराबाट अछुत छैन भन्ने प्रमाण भएको छ l यसोत् बिस्व सवास्थ सङ्गठन (WHO) ले नेपाललाई खतरा जोनमा राखेको थियो l

पोखराको यो मौसम भनेको आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने समय हो । तर महामारीका रूपमा संसारभर फैलिरहेको कोभिड–१९ नामक भाइरस र त्यसको त्रासका कारण यतिबेला पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सुनसानजस्तै छ

कोरोनाबाट बच्नको लागि सरकारले अघोषित रुपमा लक् डाउन गरे संगै देशभरी सभा सम्मेलन र जमघट बन्द गरेको छ l यसैको असर र रोगको त्रासका कारण यतिबेला पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ । होटल रेस्टुरेन्ट र पार्क हरु प्राय सुन्य छन् l डुंगा हरु पनि एक्लै लाइन लागेर सजायजस्तो गरि राखिएको थियो पर्यटकत् के स्वयं डुंगा ब्यवसायी पनि वरिपरी छैनन् l

यो महामारी कहिलेसम्म हो र यसरि कहिले सम्म सुनसान बस्नपर्ने हो भन्दै होटल पन्चासे का संचालक भेषराज पौडेलगुनासो गरेका थिए lसाथै पौडेलले जस्तोसुकै अवस्था आएपनि सरकारले रोगका बिरुद्दमा चालेको कदमको सबै जनताले सहयोग गर्नुपर्ने बताए l

बजार , स्कुल, कलेज बन्द भएसंगै पोखरा छोडेर गाउ मानिसहरु गाउँ फर्केका कारण नगराबसमा समेत यात्रु हरुकम भएको माइक्रो चालक दिनेश गुरुङ ले बताए l

पर्यटकहरुको आवागमन ठप्प हुँदा पोखरेली पर्यटन व्यवसायीहरु यतिबेला मारमा परेका छन् । नेपालले ‘भिजिट नेपाल २०२०’  मा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना बोकेको थियो l

प्रतिक्रिया दिनुहोस्