अमेरिकामा कोरोना संक्रमित ५० हजार नाघे, २५ हजार बढी न्युयोर्कमा


अमेरिकामा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । आजमात्रै अमेरिकामा ७ हजार २ सय ४८ मा कोरोना संक्रमण पुष्टी भएको हो l

अमेरिकामा मृतकको संख्या ६ सय ५५ पुगेको छ । आजमात्रै १०२ जनाको मृत्यु भएको हो ।

न्युयोर्कमा आजमात्र ५३ जनाको मृत्यु भएपछि मृतकको संख्या २१० पुगेको छ । न्युजर्सीमा ३ हजार ६ सय ७५ मा संक्रमण भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

तेश्रोमा क्यालिफोर्नियामा २२६६ र वासिंटन राज्यमा २२२१ मा संक्तमण भएको छ । क्यालिफोर्नियामा ४३ जना र वासिंटनमा ११० जनाको मृत्यु भएको छ ।

कोरोना प्रभावितको सूचीको पहिलो नम्बरमा रहेको चीनमा ८१ हजार १७१ संक्रमित भएको र तीन हजार २७७ को मृत्यु भएको छ । त्यसैगरी दोस्रो नम्बरमा रहेको इटालीमा ६३ हजार ९२७ संक्रमित छन् भने ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  आज मात्र विश्व भरिमा २०६४ जनाको मृत्यु भएको छ l

प्रतिक्रिया दिनुहोस्