भारतको महाराष्ट्रमा पुन : बिजेपी नेता बने मुख्य मन्त्री


भारतको महाराष्ट्रमा राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ ।

लामो रस्साकस्सीपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले शपथ लिएका छन् ।

एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् ।

एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो ।

तीन पार्टीबिच शनिबार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो ।
शपथ ग्रहणको केहीबेर पछि नै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर देवेन्द्र फडणवीस र अजित पवारलाई बधाई दिएका छन् । दुवै नेताले मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्