अमेरिका मान्छे पठाउन ठूलो रकमको खेल, पर्यटन मन्त्रीले दिए शुभकामना


डिएन केसी/काठमाडौ

विभिन्न कार्यक्रम र वाहानामा अमेरिका जानेहरु नेपाल नफर्कि उतै शरणार्थीको रुपमा बस्दै आएका छन् । कहिले लायन्स, कहिले साँस्कृतिक कार्यक्रम र अवार्डको नाममा अमेरिका छिर्ने कलाकारदेखि दर्शक सम्म नेपाल नफर्केको तथ्यांक फेला परेको छ । 

अमेरिकामा कार्यक्रम आयोजना गर्ने र नेपालमा मोटो रकम उठाएर कला संस्कृतिमा आबद्ध नभएका मान्छेलाइ विभिन्न बाहानामा भिजा लगाएर अमेरिका छिराउने गिरोह यतिबेला सक्रिय रुपमा लागी परेको छ । नक्कली लायन्स बनाएर अमेरिकामा हुने विभिन्न कार्यक्रममा पठाउने क्रम घटेपछी छटपटाएका दलालहरु यतिबेला सांस्कृतिक कार्यक्रम र अन्य माध्यमबाट नेपालीहरुलाइ अमेरिका छिराउन लागी परेका छन् । 

यसै क्रममा अमेरिकाको लागी भिजा सहज गराउनको लागी पर्यटन मन्त्रालय र मन्त्री स्तरबाटै खेल शुरु भएको छ । यसको पुष्टी पर्यटन मन्त्री योगेश भट्टराइद्धारा हस्ताक्षरित विज्ञप्तिले गरेको छ । देशको सिमाना मिचिँदा एउटा विज्ञप्ती निकाल्न नसक्ने सरकारका मन्त्रीहरु अमेरिकामा हुने सांस्कृतिक कार्यक्रमको लागी पछी पर्नुले मन्त्री माथी नै शंका उत्पन्न हुन थालेको छ । केही चलेका कलाकारलाइ बाहेक अरु आबेदकलाइ काठमान्डौ स्थित अमेरिकन दुताबासले भिजा नदिएपछी दलालको दबाबमा पर्यटन मन्त्री आफैले विज्ञप्ति निकालेर आबेदन प्रक्रिया सहज बनाइदिएका छन् ।

कहिले न्युयोर्क, कहिले कोलोराडो, कहिले हवाइ हुँदै अहिले सान्फ्रान्सिस्कोमा अवार्ड र प्रतिष्ठित कलाकार बोलाउने नाममा मान्छे ओसारेर करोडौं कमाउने खेलमा गिरोह लागी परेको छ । 

अवार्ड कार्यक्रम गर्नु र नेपालको संस्कृति विश्वमा चिनाउनु  नराम्रो कुरा होइन तर सांगितिक र सांस्कृतिक कुनै पनि विधामा दखल नभएका ब्यक्तिहरुलाइ अमेरिका लगेर कार्यक्रम गर्नुको पछाडी ठूलै खेल हुन सक्ने अमेरिकामा रहेका केही नेपालीहरुले गुनासो गरेका छन् । 

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न अमेरिकामा अवार्ड कार्यक्रम गर्नु महत्वपूर्ण कुरा हो तर घुस खाने, कमिशन खाने र लाखौं तिर्न लगाएर गैह्र कलाकारहरुलाइ अमेरिका छिराउनुलाइ नेपालमा पर्यटकको विकास भन्दै मन्त्रीद्धारा विज्ञप्ति र पत्रचार हुनु हाँस्यास्पद देखिएको छ । 

पर्यटनमन्त्री भट्टराईले जानाजान, अन्जानमा वा कमिसन र मोटो रकमको लागी एउटा शाखा अधिकृतको जस्तो गरि पत्राचार गरे भन्ने प्रश्न जनमानसमा उब्जेको छ ।

प्रतिक्रिया दिनुहोस्