कविता: प्रिय प्रकृति र बुद्धिहीन मानव


✍️ दुर्गा दाहाल

प्रकृति र संसार सिर्जित भयो
मनुष्यका लागि, सबैका लागि, सँधैका लागि
तर बुद्धिहीन मनुष्यले यो कुरा बुझेन
अनियंत्रित भयो, बाटो बिरायो

यो संसार सबैको साझा हो
सबैले बाँडेर उपयोग गर्नु पर्छ
उपभोग गर्नु पर्छ तर इकोसिस्टमलाई
जोगाई राख्नु पर्छ सँधैभरि

अपवाद बाहेक मनुष्य बुद्धिहीन रहेछ
सुन्दर पृथ्वीलाई कुत्सित बनायो !

प्रतिक्रिया दिनुहोस्