ज्यो. कमलले पाए ज्योतिषमा गोल्ड मेडल


बाङलादेशमा यहि नोभेम्बर २१ देखि २३ सम्म २८ औं एसियाली ज्योतिष सम्मेलन सम्पन्न भएको छ । बाङ्लादेश एस्ट्रोलोजर सोसाइटी, साउथ कोलकाता एस्ट्रोलोजी एन्ड वास्तु साइन्स एकोडोमि र दक्षिण एसियाली ज्योतिष महासङ्घ को आयोजनामा सम्पन्न सम्मेलनमा नेपाल, भारत, मलेसिया, श्रीलंका गरी १७ देशका ज्योतिषहरुको उपस्थिति थियो ।

उक्त सम्मेलनमा नेपाल ज्योतिष परिसद गण्डकी प्रदेशका महासचिव ज्यो. कमल पौडेलले गोल्ड मेडल पाएका छन् । ज्योतिषीय क्षेत्रमा र संगठनमा योगदान गरे बापत गोल्ड मेडलले सम्मान गरिएको हो । युवा ज्योतिष पौडेलले यस अघि पनि कला भूषण र माता गुहेस्वरी पदक पाइसकेका छन् । 

सम्मेलनको अबसरमा बसेको दक्षिण एसियाली ज्योतिष महासंघ को अन्तर्राष्ट्रिय समितिको बैठकले नेपालका लक्ष्मण पन्थीलाई दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिको महासचिवमा मनोनीत गरेको छ। राष्ट्रिय समिति नेपालको सभापति, केन्द्रीय कार्यबाहक महासचिव तथा नेपाल ज्योतिष परिषदको सचिब हुँदै बिभिन्न संघ संस्थाका नेतृत्व तहमा बसी कुशलतापूर्वक नेतृत्व सम्पादन गरिसकेका पन्थी अन्य दर्जनौं देशका अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालबाट प्रतिनिधित्व तथा आयोजकको रूपमा काम गर्दै आएका छ्न।

प्रतिक्रिया दिनुहोस्