कोरोना कहर :बिश्वका औषधि बैज्ञानिकहरुलाइ ४ प्रस्न


✍️ प्रेम प्रसाद भट्टराई

हेल्लो बिश्वका बैज्ञानिकहरु मेडिकल साइन्टिसहरु तपाइहरुलाइ सल्युट छ । किनकि एउटा टाउको दुख्ने जरो आउने र स्वास फेर्न गारो बनाएर मान्छे मार्ने जीवाणु मार्ने औषधि ५ मैना सम्म पनि पत्ता लगाउन न सक्नु कति सम्म लापरबाही हो ? अब प्रस्न बैज्ञानिकहरुलाई
१, एउटा साधारण माक्स लगाउनाले कोरोना लाग्दैन भनिएको छ । तर त्यो कोरोनालाई खतम पार्ने औषधि ५ मैना सम्म किन पत्ता लगाइदैन किन ?
२, साबुन पानीले राम्ररि हात धोए कोरोना मर्छ भनिएको छ । साबुन पानीले मजाले हात धुदा कोरोना मर्छ तर यो कोरोनाको औषधि ऐले सम्म किन पत्ता लगेन why why why ?
३, हातमा सेनेटाइजर लगाउदा भाइरस मर्छ भनिएको छ ।
एउटा सेनेटाइजरले मर्ने भाइरसको औषधि ५ मैना सम्म किन पत्ता लागेन किन ? किन? किन ?
४, २८ डिग्री भन्दा माथी तपक्रमले यो भाइरस आफै मर्छ भनिएको छ । यदि यो सहि हो भने यहि अनुसार औषधि किन तयार गरिदैन why ?
मेडिकलका बैज्ञानिकहरुले यो ४ प्रस्नको जवाफ दिनु परो ऐले world बिश्वले तपाइहरुलाइ यहि प्रस्न गरिरहेको छ । के छ जवाफ तपाइहरुको ? किन पत्ता लागेन मामोली भिक्टोरियाको औषधि र ऐले बिश्वका मानिस बिचलित छन् । लाखौ लाख मानिसले ज्यान गुमाउनु परेको छ किन ?
अबको सोचाइ-
हैन कैले सम्म लक डाउनमा बस्ने यो कोरोना भाइरस कतै साबुन कम्पनी माक्स कम्पनी सेनेत्टाइजर कि फेनेटाइजर कम्पनिको मिले मत्तोमा उठाइएको हाहाकार मानिस अत्याउने कार्यत हैन ? अब प्रस्न खडा भएको छ । यस्को जवाफ कस्ले दिने एउटा साधारण १००एम एलको सेनेटाइजरलाइ २४५ रुपैया अनि एउटा डल्लो साबुनलाइ १०० रुपैया भन्दा माथी अब छिन छिनमा हात धुदा एउटा परिवारमा दिनको कति डल्ला साबुन चाहिएला छिन् छिन्मा सेनेटाइजर हातमा दल्दा एउटा परिवारलाइ कति लिटर सेनेटाइजर चाहिएला यो किन्ने पैसा एउटा साधारण परिवारमा काहाबाट ल्याउने एउटा ज्याला मजदुरी गरेर जिबिकोपर्जन गर्ने मजदुरले के को पैसाले यो किनेर चलाउने त्यति मात्र हैन त्यस्पछी बाच्नको लागि खानु पर्यो खानेकुराहरु के को पैसाले किन्ने ? यो भाइरस पैसा हुनेहरु बच र दुखी गरिब मर भनेर बनाइएको हो ? यस्तो हाहाकार मचिदा पनि किन सरकारले यस्तो साधरण सामान जन्तालाइ फ्री मा दिन सक्दैन ?
ऐले खानेकुराको मुल्यले सगरमाथा छोएको छ मेरै हातले आज भन्दा १९ दिन अगाडि आलु ८० रुपैया धर्नी किनेको ऐले १२० रुपैया धर्नी छ त्यो पनि हारालुछ छ गोलिभेडा ४० रुपैया किलो किनेको ऐले १२० रुपैयाँ किलो छ त्यस्तै अन्य सम्पुर्ण सामान किनिसक्नु छैन यस्तो कालाबजारिलाइ कस्ले कार्बाही गर्ने ? यो अबस्थामा ज्याला मज्दुरी गरेर बिहन बेलुका छाक टार्नेले कसरी जिबिका चलाउने । हेल्लो सरकार के यहि हो तरिका यसैलाइ भनिन्छ जन्ताको सेवा गरेको । यस्तै बेलामा हो जन्तालाइ सरकारको सहयोग चाहिने अरु बेलात आफ्नु आफ्नु काम गरेर जीवन काटिरहेकै थिएनी जन्ताले । त्यसैले अब यहिताल हो भने नेपाली जन्ता कोरोनाले हैन भोकमारिले मर्ने छन् यो अबस्था आउन नदिन सम्बन्धित केन्द्रिय सरकार र क्षेत्रीय सरकारको ध्यान जावोस हैन भने अब जन्ता धेरै दिन चुपलागेर बस्नेवाला छैनन् चेतना भया ।

लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका निवर्तमान अध्यक्ष , सन्ध्याग्रुप अल्खोर कतारका संरक्षक हुन् l

प्रतिक्रिया दिनुहोस्