परिक्षा सकिएपछी घुम्ने बानि, लकडाउनले घरमै नानी


✍️ अन्जिता पौडेल


हरेक बर्षको चैत्र महिना र बैशाख महिना हामि नानिबाबु हरुलाई बिषेस हुन्छ l जस्तो बसन्तऋतुमा रुख बिरुवामा नयाँ पात पलाउछन् त्यस्तै गरि हामीहरु पनि एउटा कक्षाबाट अर्कोमा जाने खुसि र परिक्षा सकिएपछि तिनै पालुवा पलाएका रुखहरु भएको हेर्न खुशी l

हरेक बर्ष जस्तो यो बर्ष पनि चैत्रको ५ गते (पहिलो हप्ता ) देखि परिक्षा हुने रुटिन आएको थियो l तर संसारभरि महामारीको रुपमा फैलिएको कोरोना ( कोभिड-१९) रोगको कारणले हाम्रो परिक्षा लगभग ८ दिनले अगाडी सरेको थियो l परिक्षा छिटो सकिने भयो भनेर अरु साथीहरु जस्तै म पनि खुसिनै थिएँ । परिक्षा सकिएपछी गाउँ घर जाने आफन्तहरु सित भेट्ने रमाइलो गरेर पहिलो बर्षको भन्दा बढी रमाइलो गर्ने भनेर l किनकि छिटो परिक्षा सकिएपछि छुट्टी पनि लामो नै हुन्छ मेरो मन गदगद थियो l
गएको बर्ष बिभिन्न ठाउँमा घुम्न गएका थियौ l विदेशबाट आउनु भएको बाबा ममी दिदि हरु भएर पोखराका बिभिन्न ठाउँहरुमा घुम्न गएका थियौ l परिक्षा पछिको छुट्टि सबै भन्दा रमाइलो छुट्टी हो हाम्रो लागि l किन भने यो छुट्टीमा गृहकार्य पनि हुदैन र ममीले पनि घरमा पढ भनेर भन्नु हुन्न l नयाँ कक्षामा जाने खुसि र पढ्न नपरेर रमाइलो गरेर घुमेर मात्र जाने छुट्टि भएर म मात्र हैन मेरा साथीहरु पनि खुसि हुन्छन हजुर हरु पनि हुनुहुन्छ होला l

तर यसपालिको परिक्षापछिको छुट्टि म र मेरो साथीहरुले हैन मेरो घरको बाबा आमा मामा ममी अनि हजुरहरु कसैले पनि नदेखेको र नसोचेको छुट्टी भयो l चाईना बाट सुरु भएर बिश्वभरि फैलिएको सरुवा रोग कोरोना भाइरसले मेरो खुशी खोस्यो l न गाउ जान पाएँ न विदेश भएको बाबा संग भेट्न पाएँ नत फिलिम हेर्न नै जान पाएँ l
मानिसको सम्पर्कबाट सर्ने यो रोगले बिश्वभारी आज सम्म एक लाख भन्दा बढी मानिस मरेका छन् भने करिब १६ लाख जति बिमारी छन् l यसै कारणले हामी जनताको स्वास्थ्यलाई ख्याल गरेर हाम्रो देशमा पनि लाकडाउन गरेको छ l यो समयमा अति आवश्यक नपरेसम्म बाहिर जान हुन्न l हाम्रो देशले मात्र हैन संसार भरि नै कोरोनाको औषधि भनेको घरमा बस्ने हो भनेको सुनिन्छ l सबै भन्दा नराम्रो कुरा त यो रोगको अहिले सम्म औषधि बनेको छैन l
थुप्रै घाटा र दुख भए पनि यो लकडाउनले मलाइ केहि राम्रा कुराहरु पनि सिकायो जस्तै:
१. बाहिर गएर आएपछि साबुन पानीले हात धुने
२. अपरिचित मान्छेसँग हात मिलाउने अंकमाल गर्ने गर्ननहुने
३. भिडभाडमा जतिसक्दो थोरै जाने
४. खाली समयमा केहि कथाका किताब पढ्ने
५. कथाहरु कापीमा सार्ने बोल्न सिक्ने
६. आफुलाई मन भएका कुराहरु नाच्ने चित्र बनाउने माटोको भाडाहरु बनाउने

यस्ता कुरा सँगै यो लकडाउनमा आहिले चलनमा आएको टिक टक बनाएर रमाउने पनि गरे जसले गर्दा आफुलाई ठुलो मान्छे सित बोल्न सजिलो हुने रैछ l पहिला अरु सित केहि बोल्न लाज लाग्ने म आज भोलि खुलेर बोल्न सक्ने भएको छु नाच्न केहि जानेको पनि छु l मैले आफैले दश वटा जति भिडियो पनि बनाएको छु l

बैशाख पहिलो हप्ताबाट खुल्ने स्कुलको आहिले सम्म रिजल्ट पनि आएको छैन l तर हामि सबैलाई अहिले घरमा बसेर कोरोना रोगसंग लड्ने बाहेको अरु सोच्न पनि हुदैन l यसपालीको छुट्टीमा मैले पनि कक्षाका साथीहरु सित फेसबुक मेसेनजरमा भिडियो कल गरेर गफ पनि गरे l मैले बनाएका माटोको भाँडाहरु देखाएँ अनि उनीहरुको पनि हेरेँ l

यो रोगको औषधि पत्ता लागोस छिटै अनि हामी पहिला जस्तै स्कुल जान पाउँ l हामी सबै जना घरमै बसेर यो रोग सित फाइट गरौ अनि जितौँ l बाहिर जाँदा मास्क लागाएर जाउँ पन्जा लगाएर जाउँ l घर आएपछि साबुन पानीले हात धोऔं र सेनिटाइजर लगाउँ l

हजुर हरु सबै लाई नया बर्ष को शुभकामना !

अन्जिता पौडेल कास्की मोडनाइज्ड एकेडेमीमा कक्षा ३ मा अध्यानरत छिन् !

प्रतिक्रिया दिनुहोस्