घर फर्कन चाहने नेपालीको लागी एनआरएनले चाल्नुपर्ने कदम


✍️ यदुराम सापकोटा 

यतीबेला कोरोना रोगको महामारीले बिश्वभरी मानबजाती लाई आक्रान्त पारेको छ, बिश्वका सबैभन्दा शक्तीशाली देशहरुलाई समेत निराश पारिरहेको यो महामारीले नेपाल र बिश्वभरी रहेको  नेपाली समुदायलाई समेत नराम्रोसँग प्रभाव पारेको छ, यो महामारी कहिले सम्म लम्बिने हो, अन्त्य हुन्छ या हुदैन कसैले पनि भन्न सक्ने अवस्था छैन, घरदेशमा भन्दा पनि परदेशमा रहेका ६०/७० लाखको हाराहारीमा रहेका नेपाली यतीबेला प्रभावित छन्, परदेशमा रहेका १५०० बढी नेपाली संक्रमित भएको  युरोप /अमेरिका लगायतका मुलुकमा केही नेपालीहरुको मृत्यु भैसकेको र केही नेपाली सिकिस्त रहेको खबर हरुले नेपाली समुदाय लाई त्रसित बनाईरहेको छ।

आफ्नो देश फर्किन चाहादा चाहादै पनि उता देश डराईरहेको अवस्था छ । परदेशबाट रेमिट्यान्स ल्याएर आउलान भनेका आफ्ना नागरीकहरुले कोरोना रोग लिएर आउने हुन की भन्ने डर राज्यलाई हुनु स्वभाविक हो, किनकी कोरोनाको संक्रमण नेपालीहरु कमाउन गएका प्रमुख गन्तब्यहरुमा सबैभन्दा बढी छ र अहिले नेपालमा कोरोना संक्रिमित भनिएका ९ जना पनि बिदेसबाटै फर्किएकाहरु भन्ने तथ्य सार्बजनिक भएको छ । यस्तो अवस्थामा राज्य डराउनु पनि स्वभाविक हो, र हामी बिदेशबाट फर्कन चाहानेहरु पनि सचेत रहनु अपरिहार्य छ । 

कर्मभुमीमा महामारी द्रुत गतीमा फैलिरहदा जन्मभुमी फर्कन चाहानु, आफ्नो देशले स्वागत गरोस् भन्ने चाहानु पनि स्वभाविक हो । यस्तो परिस्थितीमा अब बिदेशबाट नेपाल फर्कन चाहीरहेका, जागिर छाडेर बसेका, जागिर गुमेकाहरुको हकमा गुहार कसलाई माग्ने भनेर कसैले प्रश्न गर्दै गर्दा उत्तर गैरआवासिय नेपाली सँघ  नै हो । गैरआवासिय नेपाली सँघ अर्थात एनआरएनए ले नेपाल र नेपाली लाई जबजब संकट पर्छ त्यतीबेला सहयोग गर्दै पनि नआएको हैन र यतीबेला पनि एनआरएनए को केन्द्रिय समिती,राष्ट्रिय समन्वय समितीहरु, क्षेत्रिय समितीहरु मार्फत  राहत कोष उठाउन सुरुभैसकेको अवस्था पनि छ । बेला बेला गाली र आरोपहरु पनि झेल्ने एनआरएनएले यतीबेला परदेशमा रहेको नेपालीहरुको ताली पाउने अवसर पनि छ । परदेशबाट घर फर्कन चाहाने नेपालीहरुलाई एनआरएनएले ब्यबस्थापन गर्ने जिम्मा लिन पहल गर्न सक्छ र त्यसको लागि मेरा केही सुझाब हरु एनआरएनएलाई दिन चाहान्छु ।

➖सर्वप्रथम एनआरएनए ले संस्थागत रुपमै नेपाल सरकारसँग सरकारले तोकेको स्थान र तोकेको समय  सम्म क्वारेन्टाईनमा बस्ने गरी परदेशमा पनि स्वास्थ्य परिक्षण गर्ने र नेपाल फर्केपछी पनि अनिबार्य स्वास्थ्य परिक्षण गर्ने सर्तमा विदेशिएका नेपालीलाई राज्यलाई स्वागत गर्न तयार बनाउने । अर्थात एनआरएनए ले जिम्मा लिने गरी नेपाल सरकारसँग सम्झौता गर्ने ।

➖बिश्वभरी रहेका नेपालीहरु जो कोरोना प्रभावित देशहरुबाट नेपाल जान चाहान्छन तिनीहरुको तुरुन्त राष्ट्रिय समन्वय समिती मार्फत नामलिस्ट डाटा तयार गर्ने ।

➖आफ्नै  खर्चले जान चाहेका र नेपाल गएपछी  आफ्नै खर्चमा सरकारले तोकेको समय र स्थानमा क्वारेन्टाईनमा बस्न सक्ने र स्वास्थ्य परिक्षणमा अनिबार्य सहभागी हुनेहरुको डाटा संकलन गर्ने र राष्ट्रिय समन्वय समितीहरु मार्फत लाग्ने खर्च जम्मा गर्ने ।

➖कोरोना प्रभावित देशहरुमा रहेका देश फर्कन चाहेका हरु, त्रसित रहेकाहरु जो खर्च अभावमा छन उनिहरुको छुट्टै डाटा कलेक्सन गर्ने र अनुमानित खर्च एनआरएनएको राहत कोषबाट पनि छुट्याउने । खर्च अपुग हुन्छ भने नेपाल सरकारको राहत कोषबाट पनि एनआरएनए ले तत्कालको लागि ऋण लिने । 

➖फर्कन चाहेका देशहरुबाट तुरुन्त सकेसम्म नेपाल कै एअरलाएन्स हरु र असंभब रहेका देशहरुबाट सोही देशकै एअरलायन्स कम्पनी हरु बाट जहाज चाटर्ड गरि परदेशमा रहेका  र देश फर्कन चाहेका हरुलाई नेपाल पुराउन सहयोग गर्ने । बिकसित देशहरु बाट  चाटर्ड गरिएका र स्वास्थ्य सामाग्री पर्याप्त रहेका  देशहरुबाट स्वास्थ्य सामाग्री र परिक्षण मेशिनहरु पनि लैजाने, बिदेशमा अध्ययन गरिरहेका,बिदेशमा पनि चिकित्सक पेशमा संलग्न नेपालीहरुलाई पनि सँगै नेपाल लैजाने । 

➖बर्तमानमा जुन देशहरुमा नेपालीहरु संक्रमित छन डाटा संकलन गरी उपचार पाईरहेका छैनन या खर्च  अभावमा रहेका छन् भने उनिहरुलाई सहयोग गर्ने । कुनै कुनै देशहरुमा नेपाली हरु मृत्यु पनि भैसकेको अवस्था छ र कोरोना सँग त्रसित हुदाँ अन्त्यस्टीको लागि कठिनाई भैरहेको हुन सक्छ त्यस्तो अवस्थामा परिवार र चिकित्सकको सल्लाह लिएर सम्बन्धित देशहरुमा सुरक्षित तरिकाबाट अन्त्यस्टीको लागि सहयोग गर्ने । 

➖जुन देशमा रहेका छौ सबै सतर्क बनौं, त्रसित नबनौं, सबै संघसंस्थाहरु ले एकआपसमा सहयोगी भावना निर्वाह गरौं, एनआरएनए ले पनि सबै संघसंस्था र राज्य सँग समन्वय गर्दै सकेको सहयोग गरोस्, सहयोग र राहत उठाउने मात्रै भन्दा पनि उठाईने राहतबाट त्रसित,संक्रमित हरुको ब्यबस्थापनमा पहल गरोस् । 

सापकोटा रोजगारीको शिलशिलामा जापानमा बस्छन् । 

प्रतिक्रिया दिनुहोस्