चापाकोटनगरपालिका द्वारा काठमाडौंमै राहत बितरण


काठमाडौं ,
बैशाख २४ , बुधबार

विभिन्न कामले काठमाडौं मा बस्दै आएका स्याङ्जा चापाकोट नगरपालिका निवासी हरुका समस्या परेको गुनासो बढ्दै जाँदा चापाकोट नगरपालिकाले गएको सोमबार बैशाख २२ गते काठमाडौं मा पहिलो चरणको राहत बितरण कार्यक्रम गरेको छ । बिश्वब्यापी (Covid -19 ) कोरोना महामारीका कारण लकडाउनको समय ४२ दिन पुग्दासम्म पनि दैनिकी गुजारा गर्न असहज वातावरण भएपछी चापाकोट नगरपालिकाले उक्त निर्णय गरेको हो ।

आफ्नो अध्ध्यन व्यापार तथा काठमाडौं लाई कर्मथलो बनाएका बसेका नगरपालिकाका बासिन्दालाइ चापाकोट नै लगेर समस्या समाधार गर्न खोजिएपनि जिल्लामा स्वास्थ सामग्री प्रशस्त मात्रामा उपलब्ध नभएको हुँदा तत्काललाइ काठमाडौंमै राहत बितरण गर्नु परेको चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिले बताएका छन ।

जनता नै शक्ति हुन जनता नै हाम्रा सम्पत्ती हुन , त्यसैले यस्ता आपत बिपतका समयमा जनताको रक्षा गर्नु पर्दछ , ताकी जनताले नै चापाकोट नगरपालिकाको बिकाश र समृद्धि गर्ने कुरा मेयर गिरिले थपेका छन ।

राहतको स्वरुप आगामी परिस्थिति अनुसार बदलिदै जाने भन्दै पहिलो चरणमा अति आवस्यक खाद्य बस्तु चामल , दाल , नुन ,तेल घर घरमै पुगेर बितरण गरिएको हो।

अति आवस्यक राहत बितरण दोश्रो चरण को कार्यक्रम चापाकोट नगरपालिका मा शुरु भैइसकेको र आगामी दिनमा बिकाश केन्द्रित राहत प्याकेज कार्यक्रम ल्याउने तयारीमा समेत रहेको मेयर स्वयम् ले बताएका छन

सामाजिक सञ्जाल मार्फत समस्याको जानकारी लिंदै चापाकोट नगरपालिका -७ का प्रकाश ढकाल र चापाकोट -६ का अर्जुन भट्टराई को सकृयतामा २४ घरलाइ आ आफ्नै घर घरमा पुगेर उक्त राहत बितरण गरेको अर्जुन भट्टराई बताउछन ।

प्रतिक्रिया दिनुहोस्