अर्घाखाँचीका दुई जनामा कोरोना पोजेटिभ



अर्घाखाँची , अर्घाखाँचीमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टाईनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ बर्षका दुई पुरुषमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखा परेको छ । गत जेठ २ गते भारतको रायबरेली बाट पैदल हिंडेरै पाँच जना गृहजिल्ला आईपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८ को विद्यालयमा क्वारेन्टाईनमा राखिएको थियो ।

गत जेठ १० गते शनिवार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरुसंगै आएका अन्य तिन जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्