वाह ! तिम्रो तेश्रो आँखा



✍️ दूरबस्तिको शिशिर

गए पालि होइन, त्यो भन्दा अघिल्लो छुट्टी जानू अघेरै मेरो एक दृष्टि बिहिन अपरिचित भाइ नयाँ साथी बन्यो। त्यो पनि यहि सामाजिक संजाल  फेसबुक मार्फत। 
भएको के थियो भने ।त्यो बर्षको दशै ताका मैले एउटा फेसबुकमा  पोस्ट देखे ।जुन काठमाडौ बसाईमा भेट भएको हँसमुख,मिजासिलो र वाणीमा मिठास भएको त्यतिबेलाको संचारकर्मी मेरो साथि उत्तम भट्टराई जी ले  हाल्नु भएको थियो। 
त्यो फेसबुक पोस्टमा गाडिभाडा नभएर दसैमा घर जान बन्चित  हुन लागेको काठमाडौको एउटा  कुनै पिडितको आवाज सहितको पीडा मिश्रीत  भावना, फोटो सहित थियो।त्यस्तो कारुणिक पोस्टले  मेरो मन कति छिटो पग्लियो पत्तै भएन। त्यही पोस्टको  कमेन्टमा मैले ….. म बाट हजार रुपिया  उत्तम जी लेखिदिए।  र उत्तमलाई म घर आउँदै गरेको र भेटेर दिने वचन दिए त्यो हजार रुपियाँ । लाग्यो मेरो हजार रुपियाँले कसैले आफ्नो बा आमा अनि परिवारको साथमा बसेर दशै जस्तो पर्व मनाउन पाउनु मेरा लागि सात गाई दान गरेको बराबरको धर्म हो। 
यस्तै मा एउटा रेडियो प्रोग्राममा मैले अर्को मनकारी चन्दा दाताको नाम सुने,सहयोग कर्ताको नाम सुने  ऊ दृष्टि बिहिन थियो काठमाडौ बसेर जागिर गर्ने । भलै उसको दाईको काठमाडौ घर रहेछ उ भाउजुलाई र अरू परिवारका सदस्यको करूणाको पात्र नबनी आत्मनिर्भर जीन्दगी रोजेको। ऊ नेपालको पुर्बी पाहडी जिल्ला को अरू कोहि नभएर मेरो फेशसबुक मार्फत  नयाँ बनेको .साथी या भनौ भाइ जस्तै साथी .. जित बहादुर राई थियो। 
मैले उस्ले गरेको सहयोगको मुक्तकण्ठले प्रसंसा गरे फेसबुकमा ऊ सायद मेरो सब्दले झन पग्केछ क्यार साथी भैहाल्यो यसरी मेरो जीवनमै पहिलो ऊ दृष्टि बिहिन साथी भयो ।  सितिमिति आँखाहुनेहरूले दृष्टिबिहिन लाई साथी बनाउन सम्म हच्किन्छन । के तपाई आँखाहुनेहरूका त्यस्ता दृष्टि बिहिन साथीहरू छन? छन छैनन् वा छन पनि छैनन पनि?
ऊ आफै दृष्टि बिहिनहरूको  त्यो पनि भाडामा बसेर आफै जागिर गर्ने र जिन्दगी गुजारा गर्ने मैले देखेको भिडमा बेग्लै लाग्यो। गितको सौकिन उस्तै बाध्यवादन को पनि राम्रो ज्ञान भएको र ब्रेन लिपिमा एम ए गरेको बौद्धिक पनि।
कस्तो मन कति माहन सोचाई जो आफै सेतो लौरोको सहायताले जीवनका हर गन्तव्यको  पाइलो नाप्छ। ऊ यस्तो मनकारी कसरी भयो होला? कसरी दानबीर भयो होला? त्यही मेरो कौतुहलताले खासमा उ मेरो मनको नजिक भएको हो। 
मैले देखेका प्राय द्र्ष्टी बिहिनहरू कि बाटोमा माग्न बसेका कि मन्दिरमा पछेउरा बिछ्याएर भोकको उपचार खोजेका हुन्थे। कि बसहरू बसपार्कहरू या फेरि आफै जिवनबाट  हिनताबोध गर्दै गाउमा नारकिय जीवन जिएका थिए,हुन्थे। 
यो मेरो कल्पनसिलताको बाहिरको मान्छे लाग्यो। अनि के थियो हाम्रो बार्तलाब बाक्लिदै गयो । ऊ मलाई आफ्नै सहोदर दाइ जस्तो गर्थ्यो,गर्छ र म उस्लाई पनि कुनै भाइ भन्दा कम देख्दिन। 
हो ऊ जो  त्यसरी मसंग चिनजान भएको साथी …थियो  ।जो  मलाई घर फर्किदा पहिलो पटक भेट्न लालायित थियो र म पनि उस्तै लालायित थिए उसंग भेट्न र गफिएर बस्न। सायद तपाईहरू भए त्यो हदको फ्रेन्ड कुनै दृष्टि बिहिन संग गर्नु हुन्थ्यो …. मलाई लाग्दैन औपचारिक बाहेक अपबाद बाहेक।
त्यो साल यूएईबाट जाँदा मैले भ्याईन उस्को रुमममा गएर बस्न ,म एक रात एअरपोर्ट छेउको होटेलमा बसेर भोलिपल्टै घर गए। उस्ले त याकिकी जितले त आउँदा सोझै  यही आउनुस दाइ? दाइ, भाइ बसौला गफ गरौला भनेकै हो , म मलाई दुई तीन पटक। एअरपोर्ट झरे पछि पनि फोन गरेर। 
तर म थाकेको अनि प्लेन राती ल्याण्ड भएकाले उस्ले भनेको र भने जस्तो भएन,। खासमा मलाई मेरो ल्यागेज बोकेर त्यति टाढा जान मन भएन इच्छा हुँदा हुँदै पनि। कुनै पनि कुराको निर्णय इच्छाले होइन गर्ने मनले रहेछ आखिर होइन?
फर्किने दिन आउँछु भाइ मेरो वचन भयो मैले उस्लाई यसै भन्दा उसको स्वर  प्रतिउत्तरमा नमिठो त नभनौ खुशी मिश्रति थिएन।
म फर्किनु अघि मात्र होईन बेला बेला मेरो र जितको भाइको म घर पुगेपछि कुरा हुनथाल्यो,हुन्थ्यो। ऊ मेरो मिसेस संग एक दिन म संग  बात मार्दा मार्दै ,भाउजू संग बोलौ न दाइ भन्न थाल्यो र हाम्ले बात मारे पछि मैले पनि बोल्न दिए फोनमा । 
मेरि फ्याउरीले पनि कति मीठो बोल्ने बाई को हो नि बूढो त्यो तपाईको साथी भनेर सोधी त्यतिबेला । मैले भने…… ऊ मेरो साथी हो काठमाडौको  जित बहादुर राई हो उसको नाम  ।मैले यसै भने। कस्तो मीठो बोल्ने  देवरै जस्तो .. उ यत्ति भनेर मेरि बाहुनी चिया बनाउदै थिई किचन गै। मेरो आफ्नै भाइ छैनन …. एउटी भाउजुले देवर पनि होओस भन्ने चाहन्छन जस्तो उसको मनोबैज्ञानले बताएको मैले अनुभव गर्न पाए। 
फर्किने दिन आयो म दुबै, म फर्के काठमाडौ तर जाममा परेकाले ढिलो भयो सोचेको भन्दा निक्कै ढिलो। ८ बजेतिर बालाजु ओर्ले । अध्यारो भैसकेको थियो तर यो बेला आउँदा जति ल्यागेज थिएन म संग। त्यसैले म कसै गरेर पनि उस्लाई भेट्न लालायित थिए। जान चाहन्थे ,
कहिले काहीँ मनलाई केके र कस्ता कस्ता रहरले खिच्छ खिच्छ भनेको पत्तै हुँदैन।
मैले भक्तपुर जाने लास्ट बस चढे बालाजु बाट र ओर्लिए भक्तपुर उस्ले भनेको लोकेसनमा। त्यसपछि मैले ट्याकी लिए र पुगे ठिमी उसको रुममा। 
अचम्म मलाई त्यति खेर लाग्यो ट्याक्सी बाट म झर्न नपाउँदै उस्ले मेरो नामले बोलायो। अरू ट्याक्सी पनि त्यहाँ आउने जाने रोक्किने भैरहेका थिए। ऊ दृष्टि बिहिन तथापि उस्ले मेरै म चढेकै ट्याक्सी चिन्नु र म कता पट्टीको कुन ढोकाबाट झर्छ भन्ने अन्दाज लगाउनु दैविय शक्ति जस्तो लाग्यो।
मैले उसग अंकमाल गरे र भने यस्तो राती किन कुरेर बस्नु परेको जित भाइ पनि…. म पत्ता लगाई हाल्थे नि तिम्रो रुम। 
 उसको प्रतिउत्तरले मलाई धन्नै रुवाएन ……….दाइ मलाई के दिन के रात सबै एकै त हो ……..
जिन्दगीमा म आँसु नखसाई रोएको त्यही रात मैले घडी हेर्दा भएको समय १०:३५ मा थियो।
उसग उसकै रुममा पुगे खाना पकाई सकेको रैछ तर म ऊ राई भएको नाताले धराने खाने ल भाइ भनेर वचन दिएको थिए फोनमा। उस्ले मेरै इच्छा मुताविक दिउँसो हिडेर कोटेश्वर पुगि धराने लाएको कुरा बतायो ….. झन मलाई उस्का सब्दले छातिमै टाँसे झै भयो। 
खाना खाएर गफिदै उस्को गायकी सुन्दै करिब दुई बजेतिर सुतियो होला हामी। 
भोलिपल्ट बिदा हुने बेलामा मलाई निक्कै असहज लाह्योके गर्ने के गर्ने भो दिउँसै बालाजु झर्न पाएको भए हिजो एउटा टि सर्ट उपहार दिने मन थियो। सकिन ….. मेरो कपडा उस्लाई मिल्थेन दिउँ भने …… झ्यालबाट बाहिर हेर्दै एक छिन सोचें। 
अनि मैले आफैले लाएको फस्ट कपि बुल्गारीको घडी उस्लाई उपहार दिने निर्णय गरे र दिए। 
उस्ले पनि दाइ म संग टि सर्ट छ लग्नु भन्दै हाल यसरी समायो।कि कुनै तिजमा युगौपछी माइत आएकि छोरिलाई आमाले कुराउनी पोको पारेर दिदै गरेको जस्तो त छोरिले हिईई आमा पनि पर्दैन भनेको जस्तो कस्तो कस्तो कस्तो सब्दै भेटिन …. भन्नलाई। 
अन्त्यमा यत्ती भन्न चाहन्छु 

अन्त्यमा यत्ती भन्न चाहन्छु
वाह जित भाइ तिम्रो स्वाभिमानी जीवन
वाह तिम्रो आत्मियता
वाह जित भाइ तिम्रो संसार हेर्ने तेश्रो आँखा

प्रतिक्रिया दिनुहोस्