एन आर एन ए एनसीसी कतारद्वारा राहात बितरणमा तिव्रता


दोहा ,गैर आवासिय नेपाली संघ कतारले नवौ चरणको राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ l नवौ चरणको राहत वितरण सम्म १५१५ जना लाभान्वित भएको एनसिसि कतारले जनाएको छ l दिप संचारले हिजो सॉझ आयोजना गरेको कोरोना कहर विषेश अन्तर्गत “कोभिड-१९ संक्रमण र एनसीसी कतारको उद्दार तथा राहत अभियान एवं मिडियाको भुमिका” विषयक छलफल कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो ।

कार्यक्रममा प्रविण गुरुङ (संयोजक – एनआरएनए मध्यपूर्व), करीम बक्स मिया (अध्यक्ष – पत्रकार महासंघ कतार), मोहम्मद मुक्तदा (अध्यक्ष – एनसीसी कतार), उत्तम गुरुङ्ग (संयोजक – Covid 19 उद्दार तथा राहत समिती ), पदम गिरि (महासचिव – एनसीसी कतार), तिलु शर्मा पौड्याल (संचारकर्मी – पोखरा न्यूज तथा मोना कतारका अध्यक्ष) लगाएतको उपस्थिति थियो lकार्यक्रम दिप संचारका सम्पादक दिप जंग शाहीले सहजीकरण गरेका थिए l


कार्यक्रममा संघका अध्यक्ष मोहम्मद मुक्तदाले कतारमा भिजिटमा आएर रहेका र करार सकिएर घर जान बसेका हरुको समस्या समाधानको लागी नेपाली नियोग संग बिभिन्न समयमा छलफल गरिरहेको जानकारी दिदै कतारमा कोही पनी नेपाली भोकै नमरुन भन्ने कतार सरकार र एनसिसि कतारको स्पष्ट निति रहेको जानकारी गराए । उद्दार तथा राहत बितरण समितीका संयोजक तथा प्रथम उपाध्यक्ष उत्त्तम गुुुुरुङले कतारमा नेपालीका समस्या खाना प्रधान रहेको बताउदै सबै संघ संस्थालाई सक्ने सहकार्यको लागी अनुरोध गरेका थिए ।

मध्यपुर्व संयोजक गुरुङले संस्थाका अध्यक्ष लगायतले सरकार संग बिदेशमा अलपत्रको उद्दारको लागी निरन्तर सुझाव सहितको दवाव दिरहेको बताउदै जुन महिनाको ३/४ तारीक सम्ममा नेपाल सरकारबाट उडान अनुमति मिल्ने अपेक्षा गरेको जानकारी दिए । कार्यक्रममा सहभागीहरुले कतार लगायत खाडिका नेपालीहरुमा परेका समस्याका समाधानका लागी नेपाल सरकारलाई समस्यामा परेका नेपालीहरुको तत्काल उद्दार जोडदार माग गरेका थिए ।

बिश्वब्यापी महामारीका रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न कदमहरु र नेपालीको अबस्था बारे चर्चा गरीएको थियो । मध्य नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति कतार सरकारको गृह मन्त्रालय तथा कतार च्यारिटीबाट ५००० जनालाई १५ दिनलाई पुग्ने खाद्यान्नको राहत प्याकेज प्राप्त गरेको थियो l राहात वितरण प्रक्रियामा यहाँ स्थित नेपाली राजदूतावासले संरक्षक एवं सहजकर्ताको भूमिका निभाउदै एकद्दार प्रणाली समेत लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्