कम्युनिष्टहरु लोकतान्त्रिक छैनन् – कलाकार नीर शाह


प्रभाव सम्वाददाता/क्यालिफोर्निया

नेपाली सिने क्षेत्राका चर्चित कलाकार नीर शाहले नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक नभएको बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको नेपाली कलाकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार शाहले कम्युनिष्टहरुलाइ लोकतन्त्रको संस्कार दिएर मानविय आचरण सिकाउनुपर्ने अबस्था आएको बताउनु भएको हो । 

कार्यक्रममा आफ्नो धारणा राख्दै शाहले आफू राजनैतिक नेता नभए पनि राजनितिबाट टाढा भने नभएको जानकारी गराउनु भयो । कम्युनिष्टहरुले कलाकारलाइ कलाकार हुन नदिएको चिन्ता ब्यक्त गर्दै शाहले बोल्न पाउने, लेख्न पाउने, गाउन पाउने, अभिनय गर्न पाउने अधिकारलाइ सरकारले खोस्न खोजेकोले जनताले यसको प्रतिकार गर्नुपर्ने बताउनु भयो । नेपालमा अहिले कम्युनिष्टको ब्यवहार देख्दा अब जनताले कम्युनिष्ट हुने कि मान्छे हुने एउटा रोज्नुपर्ने अवस्था आएको भन्दै नेपालका कम्युनिष्ट मान्छे जस्ता नभएको प्रष्ट पार्नु भयो । म मान्छे हुँ, मलाइ मान्छेलाइ चाहिने स्वतन्त्रता र अधिकार चाहिन्छ तर कम्युनिष्टले मान्छेका अधिकार खोस्छन्, शाहले थप्नु भयो हामी कम्युनिष्ट बन्ने होइन बरु कम्युनिष्टलाइ मान्छे बनाउन तिर लाग्नुपर्छ । 

तस्विर – गोमा लिम्बु

नेपाल सांस्कृतिक संघ अध्यक्ष तीर्थ थापाले देशमा प्रजातन्त्र कार्यान्वयनको लागी कलाकारले राजनीतिमा भुमिका खेल्नुपर्ने  जिकिर गर्नु भयो । थापाले नेपालको संस्कृति, संस्कार, वैदिक चेत र संगितको संरक्षण लोकतान्त्रिक शक्तिले मात्र गर्न सक्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै ब्यङ्ग्य कवी शैलेन्द्र सिम्खडाले आफू कांग्रेस र कम्युनिष्ट कोहीसँग पनि नडराउने बताउनु भयो । समाजको विकृतिलाइ ब्यङग्य बनाउँन के को डर? सिम्खडाले थप्नुभयो, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले देशमा कांग्रेसको शासन आए मात्र कलाकारहरु ढुक्क भएर आफ्नो प्रस्तुति राख्न सक्छन् । 

नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्यापटरका कार्यबाहक सभापति नारायण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य चन्द्र धितालले स्वागत मन्तव्य राख्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै च्याप्टर सचिव हरि भट्टले कार्यक्रम संचालन गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति नारायण खनालले संसारलाइ डेमोक्रेसी सिकाउने मुलुकमा बस्ने नेपाली कलाकार मार्फत नेपालमा प्रजातन्त्रको सन्देश फैलाउनुपर्ने धारणा राख्नु भयो । प्रजातन्त्र रहे मात्र कलाकारिता रहन्छ, बोल्न पाउने अधिकार रहन्छ, यसको लागी कलाकारले सजिलो मार्गबाट जनतालाइ सुशुचित गर्नुपर्छ खनालले भन्नुभयो । 

कार्यक्रममा सान्फ्रान्सिस्को बे-एरियामा बसोबास गर्ने नेपालीहररुका साथै प्रजातन्त्रमा आस्था राख्ने नेता, , कार्यकर्ता, कलाकार, बुद्धिजिबी, कवि र पत्रकारको उपस्थिति थियो । साथै कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन आएका निर्देशक उज्वल घिमिरे, शैलेस आचार्य, दिपक हुमागाइँ, नारायण पुरी, विक्रान्त बस्नेत लगायतका कालाकारहरुको साथै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सचिव इश्वर सापकोटाको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्