कोरोना जित्नेको कथा: कोरोना पोजेटिभ आउदैमा मरिदैन ढुक्क हुनुहोस


✍️ मेघनाथ खनाल

विश्व लाईनै आतंकित बनाएको भाईरस कोरोना संग सबै जना त्रसित छौ।धेरै देश हरु लकडाउनमा छन भने केही देश ले लकडाउन गरेकै छैनन भने केही देश ले लकडाउन खुकुलो पार्दै गएका छन।
कोरोना प्रभाव बढ्न थालेपछी मैले पनि सके सम्म सावधानी अपनाएकै थिए।नढाटी भन्नू पर्दा कतार मा कोरोना भेटियो रे भने बाटै तातो पानी तताएर मात्र खाए।कागती पानी,बेसार पानी,अदुवा पानी हरेक चिज पानी मा उमालेर खाए।चिसो पानी त पिउदै पिईन।माक्स प्रयोग,सेनिटाईजर प्रयोग नियमित हुन्थ्यो।कोठा बाट निस्केर अफिस अनि अफिस बाट निस्केर सिधा कोठा मा आउथे।कतै जादैन थे र पनि अकस्मात कसरी मलाईनै पोजेटिभ भयो।
लक्षण के थियो त भन्ने बारे मलाई हल्का टाउको दुख्ने र शरीर पुरै दुख्न थाल्यो अनि घरी घरी हल्का खोकी तर घाँटी दुख्ने,जोरो आउने,र सास फेर्न गारो हुने केही भएन।केही दिन त निम्स खाएर काम गर्दै हिने तर निम्स खायो तेस्को असर हुदा सम्म कम हुन्थ्यो अनि उस्तै।अनि म प्राइभेट हस्पिटल गए त्यहाँ चेक गरेर डाक्टरले दवाई दिनु भो तर उहाँ ले भन्नू भो यो दबाई खानु र एक पटक कोरोना टेस्ट गर्नु किन कि यो भाईरस को बिगबिगी छ भन्नू भो।हुन्छ भनेर म त्यहाँ बाट कोठा आए दबाई पनि खाए तनाव पनि भयो कोरोना चेक गर भन्छ साच्चिकै भएछ कि के हो?मरिने पो हो कि भन्ने कुरा ले रात भरी निदाईन अनि बिहान सरकारी हस्पिटल गएर चेक गर्ने लाईन मा बसे।दिउसो दुई बजे चेक गरेर सकियो।तेहा भन्यो घर जाओ मोबाइल मा म्यासेज आउँछ रिपोर्ट।अनि म कोठा मा आए।


प्राइभेट डक्टरले दिएको दबाई खान छोडेको थिएन दिनहु खाईरहे।बिस्तारै ठिक हुँदै गए डिउटी छोडेर बसेको थे।मोबाईल मा रिपोर्ट को म्यासेज पनि आएको थियन के आउने हो भन्ने चिन्ता ले दिनहु पिरोली रहेको थियो।चेक गरेको पाच दिन भो लगभग ठिक हुन थाले दबाई तेहि प्राइभेट डाक्टर ले दिएको खाएको थिए l अब भोलि पर्सि बाट डिउटी जानू पर्ला भनी सोच बनाएको थिए बेलुका पाँच बजे तिर हस्पिटल बाट फोन आयो तेरो रिपोर्ट कोरोना पोजेटिभ छ तुरुन्त हस्पिटल आईज भनेर।अनि के कस्तो भए होला आफै मुल्यांकन गर्नुहोस।मन ले सोच्ने नसोच्ने सबै सोच्दो रहेछ।साथी भाइ लाई कोठा ओरिपरी भन्यो उनिहरु पनि झसङ्ग हुन्छन।तेति बेलै आफ्नै कम्पनी को अर्को एक जना पनि पोजेटिभ आयो रे भन्ने सुने अनि उसलाई फोन गरेर हस्पिटल जाने सल्लाह गरि हामी सरकारी हस्पिटल जहाँ चेक गराएका थियौ तेहा गयौं ।
हस्पिटल पुगेर हाम्रो पोजेटिभ रिपोर्ट आयो भनेको तुरुन्त भित्र लगेर इ.सि.जि.गर्यो अनि एक्सरे गर्यो छातिको अनि रगत निकाल्यो चार पाच सिसि र हामिलाई तो हस्पिटल भित्र नै एउटा रुम मा राखियो।त्यो रात तेहि सुते पछि भोलि पल्ट बिहान नौ बजे बोलाएर बस मा राखेर टाढा क्वारेन्टाइन मा लगियो।


मन मा धेरै कुराहरु खेलिरहेका हुन्थे नै के हुने हो मरिने पो होकि कति मरिरहेका छ्न।कस्तो अभागी रहेछु यो प्रदेश मा आएर …भने जस्ता बिबिध कुरा ले निकै सताउथ्यो।जब क्वारेन्टाइन बनाएको ठाउमा पुगियो कतै बिल्डिङ मा राखेको रहेछ त कतै ठुला ठुला टेन्ट को हल बनाएर राखेको रहेछ।एउटा हल मा एक हजार जना को हाराहारी मा राखिएको थियो।तेहा कतार सरकार ले निकै ब्यबस्था गरेको रहेछ।

बेड हरु रहेछ्न बाकी हामिलाई लगाउने कपडा,टावेल,ब्रस,मन्जन,साबुन,सेभिङ क्रीम,रेजर बेड कभर,शिरक सबै दिदोरहेछ अनि जुन बेड नम्बर दिएको छ तेहि बेडमा बस्नु पर्ने।भित्र छिर्दा मान्छे हरु देख्दा दुख नि लाग्ने घरी केही साहस पनि आउने।एत्रो मान्छे छन के नै पो होला मलाइ मात्र भने झै पनि हुन्थ्यो।हल मा बेड को दुरि भने एक मिटर पनि थिएन अनि पुरानो पोजेटिभ भएर गएको मान्छे निको हुने बेला को ब्याक्ती कै छेउ मा नयाँ पोजेटिभ पनि राख्दछ केही हुदैन रे तेसरी राखे पनि।दुरि को केही मतलब थिएन एक हजार ले प्रयोग गर्ने बाथरुम ट्वाईलेट एउटै सेम थिए ।खाना खादा केन्टिन मा सबै एकै ठाउँमा बसेर नै खाने हो।सायद केही फरक नपर्ने भएर होला।
अब क्वारेन्टाइन गएपछी चेक जाज नियमित गर्ने बुझ्ने केही हुदैन थ्यो।एदि आफुलाइ गारो भएमा गएर डक्टर लाई भने तुरुन्त चेक हुन्छ धेरै अफ्ट्यारो भए एम्बुलेन्स तयार हुन्छ लागि हाल्छ अन्याथा सोध्न आउदैन कोहि के छ भनेर।न त दबाइ दिन्छ।प्यारासिटामोल दिएको हुन्छ क्वारेन्टाइन जानू अघि जोरो आयो भने खानु नत्र नखानु भन्छ।रहयो कुरा तातो पानी,अदुवा,बेसार पानी,के के खाएर म नेगेटिभ भए भन्ने हरु पनि सामाजिक संजाल मा देख्न पाईयो तर हामी भएको ठाउमा त्यो कहाँ बाट पाउनु सम्भ्व थिएन।दिन को प्रचन्ड गर्मी मा पानीको बोतल दिन भरी राखेर साझ चाहिँ पिए नत्र अन्य केही खान पाईएन मिलेन पनि।सरकार को ब्यबस्था अनुसार दिएको समय मा खाना खान्थेउ अनि बस्थेउ।
बिना दबाई पानी कसरी पोजेटिभ बाट नेगेटिभ भयो त भन्ने बारे मैले बुझेको कोरोना भाईरस शरीर मा प्रबेश गर्यो चेक गरेर पोजेटिभ भेटेपछी यहाँ के थाहा पाए भने भाईरस ले असर गर्न भए पहिलो हप्ता गर्छ रे,कसैलाई दोस्रो हप्ता पछि नि गर्छ रे भने कसैलाई तेस्रो हप्ता मा पनि असर देखाउछ रे एदि तेस्रो हप्ता मा पनि केही असर गरेन गारो भएन भने त्यो भाइरस लाइ पचायो जित्यो।तीन हप्ता पछि त्यो भाईरस कम्जोर भएर मर्छ रे अनि केही नहुने हुदा १५ देखि २१ दिन पछि डिस्चार्ज हुन्छन् धेरै जसो।त्यो बिच मा एक पट्क या दुई पटक पुन कोरोना टेस्ट भने हुन्छ।केही गारो नभएको ब्यक्ती लाई नेगेटिभ नै आउँछ तेसकारण डिस्चार्ज गर्छ।


तेसकारण कोरोना लाग्दैमा डराइ हाल्नु पर्दैन र कति धेरै लाई बिना लक्षण पनि चेक गर्दा पोजेटिभ भेटिएको छ।मेरो बुझाई मा सामान्य रुघा खोकी जस्तै रहेछ केहि नभएका लाई पनि देखाउछ १०० जना चेक गर्दा ८५ जना पोजेटिभ भेटिन्छन् ती सबै बिमारि हुदैनन्।शरीर मा कुनै रोग छ पहिला देखि र दबाई खाईरहेको मान्छे हो भने उस्लाई केही गार्‍हो हुन सक्छ तर हुन्छ नै भन्ने होइन।कोरोना ले मात्र मान्छे मर्दैन तर शरीर मा कुनै रोग को समस्या छ त्यो रोग ले मर्ला तर साथमा कोरोना पोजेटिभ पनि देखिएको छ भने कोरोना बाट मृत्यु भन्ने गरिएको हुदा कोरोना बदनाम पनि भएको हो भने जस्तो लाग्छ मलाई।


यो मेरो ब्यक्तिगत भोगेको अनुभव मात्र हो यसमा कसैले अर्थ को अनर्थ नलगाउनु होला।के होला कसो होला भनेर डराईरहेको अबस्थामा त्यो अबस्थामा परि आयो अनि भोगेर लडेर जितेर फर्केर आए आज सम्म ठिक छु भोलि त कस्ले जानेको छ र?मेरा भोगाई सबै प्रती सेयर गर्दा कोरोना को त्रास केही कम हुन्छ कि?मलाई नि पोजेटिभ भए पनि जित्न सक्छु केही हुदो रहेनछ भन्ने आत्मबल बढाउन मद्दत गर्ला भन्ने आशा ले मेरा भोगाई प्रस्तुत गरेको हु।
धन्यवाद !!

प्रतिक्रिया दिनुहोस्