स्वयंसेवक संघ गण्डकीको उपाध्यक्षमा पोखरेल


पोखरा

नेपाल स्वयंसेवक संघ, गण्डकी प्रदेश उपाध्यक्षमा भरत पोखरेल “अन्जान ”  मनोनित भएका छन् । स्वयंसेवक संघ नेपालका केन्द्रीय अध्यक्ष  खेमराज पौडेलले गत हप्ता पोखरेललाई गण्डकी प्रदेशको उपाध्यक्ष पदमा मनोनित गरेका हुन ।

संघका स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्न गर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् । 

उपाध्यक्षमा मनोनित भएपछी पोखरेलले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।

पोखरेल विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रुपमा आबद्ध छन् । 

प्रतिक्रिया दिनुहोस्