जाल -झेल हो


तिमि आउ या न आऊ,

म  त् आइसके !

तिमि जे सुकै बहाना बनाउ 

म त् पुगी सके  !

बार -बार यी नजर दो बाटो बाट फर्किदै गर्दा, 

मैले बिहानी बनाइसके

___

सत्ताको खेल पनि गजब हुदो रै छ ,

बेला न कुबेला आर – पार को वार हुदो रै छ !

देश रोइ रहदा पनि ,

रुमालको साटो, कात्रोको ब्यापार हुदो  रै छ !

___

कसैले भने जिन्दगी एउटा 

कथा हो ,

यस्लाई पढ्नु पर्छ

कसैले भने जिन्दगी एउटा ब्यथा हो,

यस्लाई सहनु पर्छ ! 

___

कसैले भने , जिन्दगि एउटा नशा हो , 

य़स्लाइ पिउनु पर्छ !

कसैले भने , जिन्दगि एउटा निशा हो 

यसलाई चिर्नु पर्छ !

___

कसैले भने जिन्दगी एउटा रेल हो ,

य़स्लाइ चढ़्नु पर्छ !

तर मैले भने,

___

यो सब   जाल -झेल हो ,

किनकी जिन्दगी एउटा खेल हो !

यस्लाई खेल्नु पर्छ,

भोली खेलमा हामी रहु या न् रहु ,

खेल भने चल्नु पर्छ !

खेल भने चल्नु पर्छ !

जय होस् !!!

🙏

प्रतिक्रिया दिनुहोस्