पहिलो चरणमा कतार र दुबईबाट कामदार ल्याउने मिती सरकारकै कारण अन्यौलमा


तिलु शर्मा पौडेल
दोहा कतार ।

नेपाल सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका नागरिकलाई मापदण्ड पुर्याएर उद्दार गर्ने योजना अघि सारे पनि खाडी राष्ट्र कतार र दुबईमा उक्त योजना पहिलो गाँसमै ढुंगा सावित भएको छ । यस अघि दुवै देशका दुतावासले जारी गरेका सुचना अनुसार कतारबाट भोलि नेपाल एयरलाईन्स र पर्सि हिमालयन एयरलाईन्सले तथा दुबईबाट १६ र १८ तारीख नेपाल एयरलाईन्सले चार्टड उडान गर्ने कार्यतालिका थियो ।

ति चार्डट फ्लाईट अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै स्थगन भएको नियोगले सुचना मार्फत जानकारी दिए पनि पुन कहिले उड्ने भन्ने अन्यौल कायमै रहेको छ । १७ र २२ तारीखमा दोहाबाट हिमालयन एयरलाईन्सले गर्ने भनिएको उडानका बारेमा समेत नियोग मौन रहेको छ ।

यता कतारमा नेपाली नियोगले जारी गरेको नयाँ घर फिर्ती फाराम हाल सम्म ७२०० जना भन्दा बढीले भरीसकेका छन् । नियोगका कर्मचारीहरुले फाराम भरेकाहरुसँग सम्पर्क गरी रहेका छन् । महंगो टिकट शुल्कका कारण कतिपय कामदारहरुले नेपाल जान नसकिने बताएको नियोग श्रोतले जानकारी दिएको छ । सरकारले तोकेको टिकट शुल्क महंगो भएकै कारण विवादमा तानिएपछि पटक पटक गरी शुल्क घटाएको छ । यद्दपि हाल कायम गरीएको नयाँ शुल्कले केही राहत दिए पनि मजदुर हितमा नरहेको कतारबासी नेपालीको गुनासो छ ।

यता कतारबाट नियोगको विशेष आग्रहमा विभिन्न समयमा मृत्यु भएका २० जनाको शव तथा रमदान र कोरोनाका कारण परेको असहजतालाई मध्यनजर गर्दै कतारको जेलमा बन्दी जीवन बिताईरहेकाहरुलाई कतार सरकारले आममाफि दिएका २४ जना सहित बिभिन्न कसुर र अबैधानिक रुपमा कतारको सिआईडिसँग पासपोर्ट रहेका करीव २५० जनालाई लिएर हुने भनिएको कतार एयरवेजको उडान समेत नेपाल सरकारले अनुमति नदिंदा आज उडान गर्न नसकेको बुझिएको छ । रोकिएको उक्त फ्लाईट आगामी शुक्रबारसम्म हुने अपेक्षा नेपाली नियोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्