जनसम्पर्क समिति कतारको दुताबास कतार मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र l


दोहा-नेपाली कांग्रेसको विदेश स्थित भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारले १४ बुदे माग सहितको ज्ञापन पत्र नेपाली दुताबास कतार मार्फत प्रधानमन्त्रीलाई पठाएको छ l

नेपाली कांग्रेसको केन्द्रीय बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र गर्नु पर्ने आवस्यक कामहरु गर्न नसकेको ३ महिना देखि बिदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न नसकेको यो विकराल स्थितिमा पनि अस्पष्ट स्वास्थ्य नीति, अकर्मण्यता, भ्रष्टाचारमा लिप्त भएको निस्कर्ष सहित नेपाली काँग्रेसले देशका सबै जिल्ला र विदेशमा रहेका राजदूतावास मार्फत नेपाल सरकारलाई  देश भित्र र विदेशमा रहेका नेपाली नागरिकको असंतुष्टि र सुझाव सहितको ध्यानाकर्षण ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाऊने कार्यक्रम अन्तर्गत नेपाली जनसम्पर्क समिति क़तारले पनि नेपाली राजदूतावास क़तारका राजदूत डा. नारद नाथ भारद्वाजलाई ज्ञापन पत्र बुझाएको छ ।

कावा सभापति र महामन्त्रीद्वारा हस्ताक्षर गरीएको उक्त बिज्ञप्ति बुझाउन समितिका कावा सभापति शंकर न्यौपाने र महामन्त्री अजिज अलि सहित प्रमुख सल्लाहकार बिमल सुवेदी काँग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह  पत्रकार दिपजंग शाह पनि उपस्थित थिए l कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै सामजिक दुरी कायम गर्न र भिडभाड नगरी सो ज्ञापन पत्र बुझाइएको थियो l ज्ञापन पत्र बुझ्दै राजदुत भारद्वाजले  बर्तमान परिस्थित अनुसारका चिन्तन सहित  मागहरु जाहेज छन यहाहरुको पनि ठुलो भूमिका हुन्छ श्रमिकहरुका बारे यहाहरुले उठाएका बिषयमा दुताबास गम्भीर छ भन्दै प्राप्त ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता जाहेर गरेका थिए l

जनसम्पर्क समिति कतारले दुताबासलाइ बुझाएको ज्ञापन पत्र यस्तो रहेको छ l

प्रतिक्रिया दिनुहोस्