नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो


नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ ।


बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिनुभएकाे हाे।

डिस्चार्ज हुने ९ जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एकहजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका छन् ।

सङ्क्रमित जिल्ला ७३ पुगेकाे छ । थप एकजना काेराेना भाइरसले मृत्यु भएकाले कुल सङ्ख्या २० पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्