

चितवन : नेपालमा ७४ वर्षीय फोक्सो क्यान्सर पीडित बृद्धले कोरोना जितेका छन्। चितवनको भरतपुर अस्पतालमा उपचाररत उनी शुक्रबार निको भएर आइसोलेसनबाट डिस्चार्ज भएका हुन्।
भरतपुर महानगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा रहेका उनी फोक्सो क्यासरबाट पीडित थिए। उनमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो भने उनकी ७३ वर्षीया श्रीमतीमा पनि कोरोना देखिएको थियो।