हिमालयन एयरलाइन्सको पहिलो उडान मार्फत युएईबाट १ सय ५१ जना नेपाली नेपालका लागि उडे


सुर्य बहादुर खवास/ युएई

कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आज पहिलो उडान भरेको छ ।

आज उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली स्वदेश फर्किएका हुन् । नेपाल फर्कने सबैको कोरोना परिक्षण विमानस्थलमा नै नि:शुल्क गरिएको थियो । आज नेपाल फर्किनेहरुमा महिला, आफन्त गुमाएका, बिरामी, भिजिट भिषामा आएका र जेष्ट नागरिक रहेको दुतावासले जानकारि दिएको छ ।

युएईको अबुधाबिमा एक राज्यबाट अर्को राज्यमा जान यात्रा प्रतिबन्ध रहेको कारण बिमानस्थल सम्म पुग्न दुबईबाट फिस्टेल ट्राभल्सले यातायातको व्यवस्था मिलाएको थियो । हिमालय एयरलाइन्सको दोस्रो र तेस्रो उडान आगामी जुन २४ र २५ मा अबुधाबी बाटै हुने एयरलाइन्सले जनाएको छ ।

नेपाल फर्कने नेपालिहरुको सहजीकरणका लागि युएईका लागि नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रम सहचारी मोतिराम भुसाल, जनसंपर्क अधीकृत इरफान आलम र सहदेब गिरि विमानस्थल पुगेका थिए। यसैगरी अबुधाबिमा समस्यामा परेका नेपालिहरुलाई राहत वितरणमा खटदै आएको समुहका सदस्यहरु समेत विदाई एवं सहजीकरणका लागि विमानस्थलमा पुगेका थिए ।

हिजो मात्रै सारजाहबाट एयर अरबियाको उडान नम्बर जी ९-१७५१ बाट १ सय ६८ जना नेपाल फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्