समसामयिक लोकगीत ‘साइँला दाई’ बजारमा (भिडियो सहित )


काठमाडौं : महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण अन्य क्षेत्रजस्तै सांगेतिक क्षेत्रलाई पनि ठुलोंनै असर परेको छ l लोकदोहोरी क्षेत्रमा पनि करिब ३ महिना खासै गीत हरु आउन सकेका थिएनन l नेपाली लोकगीतका पारखीहरुलाई बान्दाबंदी पछि राम्रा गीतहरु आउछन भन्ने आकलनलाई शिबहमालको ‘साइँला दाई’ ले प्रमाणित गरेको छ l

पछिल्लो समय लोक तथा दोहोरी गीत क्षेत्रमा शिव हमाल एक बहुप्रतिभा भएका सर्जकका रुपमा स्थापित नाम हो । शब्द लेखन, संगीत र गायन विधामा उत्कृष्ट मानिनुभएका हमालले बजारमा ल्याएका हरेक गीतलाई दर्शकश्रोताले उत्तकै माया पाएको हुन्छ ।

आइतबार शिव हमालको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा हमाल सहित चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, तुलसा क्षेत्री र ज्योती लोहनीको स्वर छ । गीतको शब्द लय हमालकै हो । सार्वजनिक गीतको म्युजिक भिडिओलाई होम गुरुङले निर्देशन गरेका हुन् । जसमा छायाँकन गणेश साप्कोटाको छ भने सम्पादन सुवास अमगाईले गरेका छन् । गीतको सँगीत संयोजन तारानाथ आचार्यले गरेका हुन् ।

‘कतार गका साइँला दाईनी गाउँ फर्केर आए
बाँझो बारी जोत्न थाले भैसी पाल्न लाए
दुख पाईदोरैछ, दुख पर्दा सबलाई आफ्नै गाउँनै चाँहिदो रहेछ,
दुख पर्दा जहाँ पुगेनी गाउँनै चाँहिदोरहेछ ।’

गीतमा भैचालोमा होस वा अन्विय माहामारीमा आखिरमा आफ्भिनो गाउँ नै चाहिने भएकोले आफ्नो गाउको माया गर्नुपर्ने र आफु हरु स्वावलम्बी बन्नुपर्नेमा गीतले जोड दिएको छ l


परिवारलाई समय उपलब्ध गराउन मुस्किल परेकालाई फुर्सदिलो बनाईएको छ परिवारको माझ साँझबिहान, दिनरात सँगै राखिदिएर । कोरोना होस या भुकम्प यी दुबै संकटमा आफ्नै गाउँघर पविारको साथ आवश्यक पर्छ यहि भावलाई गीतमा देख्न सकिन्छ ।

गीतमा शिबहमाल र तुलसी क्षेत्रीले मुख्य अभिनय गरेका छन् भने अन्य गायक गायीकाले पनि आफ्नो आफ्नो गीतमा अभिनय गरेको देखिन्छ l समग्रमा गीत उत्कृस्ट बनेको छl सम्पूर्ण टिमलाई प्रभाबको तर्फबाट सफलताको हार्दिक शुभकामना !

भिडियो :-

प्रतिक्रिया दिनुहोस्