बिहिवार कतारदेखी १५८ नेपाली स्वदेश फर्किए


दोहा कतारबाट चार्टर्ड फ्लाइटमार्फत आज (बिहीबार) १५८ नेपाली स्वदेश फर्किएका छ्न् ।

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली दोहामा रहेको दूतावासमा समन्वय गरी स्वदेश फर्किएका हुन् ।

विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको तेस्राे उडानबाट आज मिति २०७७।३।११ गते तदअनुसार २५ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको HIM ५६३२ को उडानबाट देहायका १५८ जना नेपालीहरू नेपाल फर्किएको नेपाली दूतावास कतारले जनाएको छ ।

उक्त उडानमा १० महिला , दुई नाबालक र १४६ जना पुरुष रहेको दूतावासले जनाएको छ । 

उनीहरुलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न राजदूतावासका अधिकारीहरु आएका थिए । 

तस्बिर सौजन्य : दोहा नेपाली दूतावास 

प्रतिक्रिया दिनुहोस्