

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या साढे ११ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।