कर्णालीका सात जिल्लामा थप २६ जनामा कोरोना पुष्टि


सिमकोट-कर्णाली प्रदेशका सात जिल्लामा शुक्रबार थप २६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेक, सुर्खेत, कालिकोट, सल्यान, जाजारकाोट, मुगु र जुम्ला कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो।

शुक्रबार कोरोना पुष्टि हुनेमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपाकिाल वडा नम्बर १,२, ८ र ९ का १२ जना, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर ५, ७ र १० का पाँच जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

त्यसै गरि अन्य संक्रमितहरुमा सल्यानको सारदा नगरपालिका वडा नम्बर ८ र ९ का तीन जना, जाजारकोट शिवालय गाउँपालिका वडा नम्बर ८ का दुई जना, मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का एक जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी शुक्रवारै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिषठन जुम्लामा गरिएको परिक्षणमा काठमाडौं जिल्लाका टोखा नगरपालिका वडा नम्बर ६ का एक जना, सुर्खेत वीरेन्द्रनगरपालिका वडा नम्बर २ का एकजना र जुम्ला जिल्ला सिंजा गाउँपालिका वडा नम्बर ६ का एक जनामा कोरोना पुष्टि भएको हो। उनीहरु सबै स्वास्थ्यकर्मीका सम्पर्कमा रहेको महाशाखाले जनाएको छ।

शुक्रवार संक्रमित मध्य चार जना महिला र २२ जना पुरुष भएको र उनीहरु १७ देखि ४६ वर्ष उमेर समुहका रहेका छन्। योसँगै अब कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४३३ पुगेको छ।

कोरोना जितेर घर फिर्ता हुनेमा शुक्रवार मात्र दैलेखबाट नौजना र सुर्खेतबाट १८ जना गरि जम्म २८ जनाले कोरोना जितरेर घर फर्किएका छन् । कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कनेसंख्या ७२० जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्