

उपचार नपाएरै मर्नेको खबर छिनछिनमा आउँछ
मृत्यु पनि निकै सजिलोसङ्ग क्वारेन्टाइनमा आउँछ
बरू यमदूत समय अघि नै आए रोगीलाई भेट्न
डाक्टर चाहिँ न रातमा नै आउँछ न त दिनमा आउँछ
महाशयहरू त हेलिकप्टर चढेर घुमफिर गर्दैछन्
कर्णालीको यौटा बच्चो बिद्यालय तुइनमा आउँछ
यो महामारी अनि मेरो सरकार पनि उस्तै उस्तै हो
अत्तोपत्तो छैन कहिले जनताको अधीनमा आउँछ।