ओलीको रणनीति पुराना हटाउदै नयाँ लाई जिम्मेवारी,गण्डकी प्रदेशमा अधिकारी आउट !


पोखरा ।नेकपा अध्यक्ष ओलीले नयाँ रणनीति लगाएका छन् l आफ्ना विश्वासका पात्र
हटाएर मावोबादीबाट आएका नेता लीलबहादुर थापा मगरलाई एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी दिएका छन् । ओलीका विश्वासपात्र मानिएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई हटाएर ओलीले थापालाई जिम्मेवारी दिइएदिएका हुन् ।

थापासंगै कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समेत सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

जिम्मेवारीबाट हटाइएका अधिकारी प्रतिनिधिसभाका सांसदसमेत हुन् । पार्टीको सहइन्चार्जको जिम्मेवारी पाएका थापा बाग्लुङका हुन् । थापामगर राष्ट्रिय जनमोर्चाबाट २०६३ सालमा तात्कालीन माओवादीमा लागेका थिए । 

वि.सं. २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति बाग्लुङ सभापति बनेका थापामगर अवसरको खोजीमा राजमो छोडेर २०६३ सालमा माओवादी प्रवेश गरेका थिए । माओवादीमा उनले केन्द्रीय सदस्य बनेका थिए ।

उनी पछिल्लो समय संसद् विघटनको समर्थन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाडेर केपी ओलीको साथमा पुगेका थिए । उनलाई अहिले पार्टीको गण्डकी प्रदेश सहइन्चार्ज दिइएको छ ।

एमालेको गण्डकी प्रदेश अध्यक्षमा पूर्व खेलकुदमन्त्री जगत विश्वकर्मा र सचिव गोविन्दबहादुर नेपालीलाई यसअघि नै जिम्मेवारी दिइएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गुरुङ भने प्रदेशको इन्चार्जमा यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्